आर्दश क्लब र एन्फा स्याङजा आर्दश कपको फाइनलमा

पोखरा, २६ भदौं / एन्फा स्याङजा र आयोजक आर्दश क्लव लेखनाथको भण्डारढिक सैनिक बस्तीमा जारी

रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटबल प्रतियोगिताको उपाधिको लागि फाईनल प्रबेश गरेका छन् ।

मंगलबार भएको दोश्रो सेमिफाईनल खेलमा काठमाण्डौंको जाउलाखेल युथ क्लबलाई एन्फा स्याङजाले १–० को

झिनो गोल अन्तरले पराजित गदै आयोजक सगँको भेट पक्का गरेको हो । खेलमा म्यान अफ दी म्याच घोषित

लक्ष्मण रुचालले गरेको निर्णायक एक गोलले एन्फा स्याङजाले आयोजक आर्दश क्लवसंग फाईनलमा यात्रा तय

गरेको हो । ठुलो बर्षादका कारण सोमबार हुने पुर्व घोषित दोश्रो सेमिफाईनल खेल स्थगित भएको थियो ।

फाइनल खेल भने बुधबार एक बजे पछि हुने भएको क्लवका सचिव पदम गुरुङले बताए । आईतबार भएको

पहिलो सेमिफाइल खेलमा आयोजक आर्दश क्लवले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ माथि ४–० को

गोल अन्तरले पराजित गर्दै फाईनलमा यात्रा बनाएको थियो । आर्दशक प्रशिक्षक विश्वास गुरुङले फाईनल खेल

दुबै टिमको लागि बराबरी जस्तै भएको बताए । उनले आफुहरुसंग एडिभिजनका अजित भण्डारी, भिसन गुरुङ,

विमल राना लगायतका अनुभवी खेलाडीहरु भएकोले घरेलु मैदानमा दर्शकको समेत साथ समर्थन पाउने विश्वास

लिएका छन।

स्याङजाका म्यानेजर सुन्दर श्रेष्ठले आफुहरुसंग विदेशी सहितक अनुभवी खेलाडीहरु भएकोले जित भएको बताए

। भोलिको फाइनल खेल पनि उतिकै उत्कृष्ट प्रर्दशन गर्ने म्यानेजर श्रेष्ठले दाबी गरे । थ्रि स्टार र मनाङबाट खेल्ने

मार्टीन, पिटर र भिक्टोर जस्ता अनुभवी विदेशी सहितका ए डिभिजनका खेलाडीहरुले मैदान भरेको स्याङजाले

उपाधि जित्ने दाउमा हुदा पहिलो पटक फाईनलमा पुगेको आर्दशले पनि उपाधि जित्ने रणनितीमा रहेको छ । २२

औं संस्करण्बाट सूरु भएको राष्ट्रिय स्तरको फुटवल प्रतियोगितामा आयोजक आर्दश क्लव पहिलो पटक

फाइनलमा प्रबेस गरेको क्लवका अध्यक्ष लक्ष्मि प्रसाद भण्डारीले बताए । प्रतियोगितामा विजेताले तीन लाख नगद

पुरस्कार पाउने भएको छ भने उपविजेताले नगद दुईलाख रुपैयाँ सहित ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने

भएको छ । उत्कृष्ठ खेलाडीले नगद २५ हजार प्रदान गरिने छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट

गोलरक्षकले नगद १० हजार रुपैया पाउनेछन् ।

कमेन्टहरु
Loading...