Ganthan News Pokhara
All news from Pokhara & around

तेश्रो अभियान पुरुष भलिबल जेठ तेस्रो साता

0

पोखरा, २ जेठ/पोखरा महानगरपालिका ५ स्थित मालेपाटन खेल मैदानमा जेठ १६, १७ र १८ गते तेश्रो अभियान पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । अभियान युवा क्लवको आयोजनामा क्लव तथा संघ संस्था स्तरिय भलिवल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको तयारी तिव्ररुपमा अगाडी बढीरहेको प्रतियोगिताका संयोजक धर्मेन्द्र घर्तीले जानकारी दिए । विगतका वर्षहरुमा पनि उल्लेख्य सहभागिता सहित सम्पन्न भएको बताउदै यो पटक पनि भव्य र सभ्यरुपमा सम्पन्न गराउन क्लबका अध्यक्ष मोहन बहादुर केसीले आग्रह गरे ।

प्रतियोगिताको बिजेतालाई नगद रु ५० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र, दोश्रो हुनेलाई नगद रु ३० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र रहने कुरा आयोजकले जनाएको छ । त्यस्तैगरि बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट स्पाईकर, बेस्ट प्लेएर, बेस्ट स्पाईकर, बेस्ट सर्भरको विधालाई ट्रफी, प्रमाणपत्र दिईने र अनुशासित टीमलाई प्रशंसा पत्र दिईने आयोजकले जनाएको छ ।

विगत १३ वर्षदेखि क्लबले खेलकुद, स्वास्थ्य, वातावरण तथा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु