क्यामरुनको डफिन्स टोली आहा रारा गोल्डकपको अन्तिम चारमा

पोखरा, १४ फागुन/पोखरामा जारी १७ औ आहा रारा गोल्डकपमा क्यामरुनको डफिन्स टोली सेमिफाइलनमा प्रबेश गरेको छ । नेपाल पुलिसलाई २–१ गोल अन्तरले हराउदै आहा रारामा नेपाल आर्मी सगँको भेट पक्का गरेको हो ।

तिलोत्तमा गोल्डकपमा फाईनलमा फाइनलमा भिडेका दुवै टोली मंगलबार पोखरामा आहाको क्र्वाटरफाईनलमै भेट भएका थिए । अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै डफिन्सले अन्तिम चारमा स्थान पक्का ग¥यो ।

डफिन्सले पोखराकप, बुढासुब्बा कप धरान र बुटवलमा उपाधि उचाल्दै ह्याट्रिक गरिसकेको छ । पहिलो हाफको ३७ औं मिनेटमा पाएको दोस्रो कर्नलाई उपयोग गर्ने क्रममा डफिन्सले गोल गरेको थियो । अहण्दा एसाह लोयासले हानेको कर्नर बललाई विईक विईक आन्द्र थिएरीले प्रहार गर्दै पोष्टभित्र छिराएका थिए । पहिलो गोल गरेका विईक विईक अन्द्रे थिएरी म्यान अफ दि म्याच बन्दै नगद ५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भए ।

पुलिसले खेलको अतिरिक्त समयमा गोल गर्दै खेललाई बराबरीमा पु¥यो । अतिरिक्त समयमा सुमन सुवेदीले गोल गर्दै खेलमा फर्किएको पुलिसको टोलीले आफनो सम्भावनालाई जिवितै राख्यो । सुमन लामाको फ्रिकिकलाई सुवेदीले हेडिङ गर्दै गोल गरेका थिए । १–१ गोलको बराबरीमा खेल टुंगिदैै खेल थप २० मिनेट लम्बिएको थियो ।

थपिएको समयमा जब्बर क्यामरुनी टोलीले स्कोरिङ गर्दै पोखराको यात्रालाई सुखद बनायो । थप समयको चौथो मिनेटमा यान्निकले गोल गर्दै क्यामरुनी टोलीको जित पक्का गरे । थप गरिएको समय टुंगिदा पुलिस १० खेलाडीमा सिमित रहयो । हरि कठायतले रातो कार्ड खाँदै मैदान बाहिरिए ।

सहारा क्लबको आयोजना भएको प्रतियोगितामा बुधबारको पहिलो सेमिफाईनल खेल रुस्लान थ्रीस्टार र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ बिच हुनेछ ।

कमेन्टहरु
Loading...