आहा ! रारा गोल्ड कपमा १० टिम सहभागि हुने

पोखरा, ३ फागुन/सहारा क्लबको आयोजनामा हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ मा १० टिम सहभागि हुने भएका छन् । फागुन ९ गते देखि पोखरा रंगशालामा सुरु हुने १७ औं संस्करणको प्रतियोगितामा २ विदेशी सहित १० टिमको सहभागिता हुने भएको आयोजक सहारा क्लबले जनाएको छ ।

प्रतियोगितामा विदेशी दुई टिम क्याम्रुनको डफिन्स टिम फेम्ली फुटबल क्लब र भारतको सिक्किम युनाईटेड क्लब, नेपालका तीन विभागिय टिम सशस्त्र प्रहरी वलको ए.पि.एफ.क्लव, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब, लिग विजेता मनाङ्ग म¥याङ्गदी क्लब, नेपालका चर्चित क्लवहरु थ्रिस्टार क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब र आयोजक सहारा क्लब पोखरा सहभागि हुने भएका छन् ।

प्रतियोगितामा विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले भने ४ लाख एक हजार साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । गत बर्षको तुलनामा यस बर्ष विजेतालाई एक लाख र उपबिजेतालाई ५० हजार पुरस्कार राषिमा बृद्धि गरिएको हो । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।

कमेन्टहरु
Loading...