आहा रारामा झापा ११ लाई हराउदै मनाङ मस्र्याङदी सेमिफाईनलमा

पोखरा, २५ फागुन / पोखरामा गर्विलो छवि बनाएको मनाङ मस्र्याङ्दीले पोखराको मैदानमा आईतबार गोल्डकपको दुईसयौं खेल जित्दै शाख जोगाउने क्रममा झापा ११ लाई साघुँरो गोल अन्तरले पराजित गरेको छ । आहा रारा गोल्डकपको १८ औं सस्करण आहा रारा गोल्डकपको अन्तिम चारको स्थान पक्का बनाउन अन्जन विष्टको गोल निर्णायक रह्यो ।

पहिलो हाफ गोलरहित टुंगिदाँ दुवै टोली गोलको खोजीमा थिए । यद्यपी ७५ औं मिनेटमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दीले सफलता प्राप्त गर्यो । दयान्द सिंहको पासमा अनमार्क बसेका विष्टले बल कन्ट्रोल गर्दै डिबक्सभित्रबाट हानेको पावर सट सेकेण्ड बार च्याप्दै छिर्यो । झापा ११ माथि १–० गोलले पराजित गर्दा अन्जन विष्ट म्यान अफ दि म्याचको हकदार बने ।

सहारा क्लबले आयोजना गरेको नकाउट फुटबलको २०० औं खेल जित्दै कोशेढुंगा पार गर्यो । पहिलो हाफ दुवैले निकै संघर्ष गरे । पाएका अवसर खासै सदुपयोग हुन सकेनन् । पहिलो हाफको इन्जुरी समयमा विशाल दोर्जीको थ्रो बल कलेक्ट गर्दै सुनिल खड्काले हिर्काएको बललाई मनाङका गोलकिपरले पञ्च गर्दै बचाए । मनाङले महत्वपूर्ण फ्रिकिकको अवसर पाएको थियो । डिबक्स लाईन नजिकै पाएका दुई वटा फ्रिकिकलाई सदुपयोग गर्नबाट चुकेपछि मनाङले जितको लागि लामो संघर्ष गर्यो ।

दुवै टोली चारवर्षपछि पोखराको मैदानमा मनाङ मस्र्याङ्दी र झापा ११ बीच फेरी एकपटक भेटभएको थियो । पाँच पटकको आहा रारा गोल्डकप च्याम्पियनले पहिलो सेमिफाईनलिष्ट टोली झापा ११ सित १८ औं सस्करणको गोल्डकपमा आमने सामने भएका हुन् ।

झापा र मनाङ मस्र्याङ्दी बीचको खेल १४ औं सस्करणमा पहिलो पटक भेट भएको थियो । सेमिफाईनलमा प्रतिस्पर्धा गरेका थिए । अहिलेको संस्करणमा भने दोस्रो क्र्वाटरफाईनलमा भेट हुन पुग्यो । चारवर्षको अघि हेरेको भान दर्शकले पाए । तर नजिता भने फरक हुन पुग्यो । चार वर्ष अघि मनाङले सहज जित प्राप्त गर्दा अहिले भने निकै संघर्षपूर्ण जित निकाल्यो ।

नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ ले चारवर्ष अघि सेमिफाइनल समीकरण पुरा गरेको थियो । मनाङ मस्र्याङ्दीले भने भारतीय गोर्खा ब्रिगेडलाई पराजित गरेको थियो । ४–० गोलले पराजित गर्दै मनाङ मस्र्याङ्दीले फाईनल यात्रा तय गरेको थियो । झापा ११ ले शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाईटरफाईनल यात्रा तय गरेको थियो ।

मनाङ मस्र्याङ्दीमा विगतको सेट टिम भने थिएन् । त्यसैले पनि मनाङलाई जितसम्म डोहोर्याउने निकै सकस परेको थियो । झापा ११ आहा रारा गोल्डकपको पहिलो, १३ औं १५ औं र १६ औं संस्करणमा भने क्वाईटरफाईनल भन्दा माथि उक्लिन सकेको छैन् । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा आयोजित गोल्डकपको तेस्रो क्र्वाटरफाईनल खेल रुस्लान थ्रीस्टारले भारतीय टोली गान्तोक फुटबल क्लबसँग खेल्ने छ ।

कमेन्टहरु
Loading...