आहा रारा गोल्ड कपमा एपिएफलाई हराउदै धरान क्वाटफाइनलमा

सागर राज तिमिल्सिना
पोखरा, ५ माघ/आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा एपिएफलाई हराउदै धरान फुटबल क्लबले अन्तिम ८ मा स्थान बनाएको छ । एपिएफलाई १–० ले हराउदै क्वाटर फाइनलमा प्रबेश गरेको हो । १२ पटक आहा रारामा सहभागितामा धरानको यो दोस्रो जित हो । २०७० को १२ औं आहा गोल्ड कपको आफ्नो पहिलो खेलमा धरानले आर्मीलाई २–१ ले हराएको थियो ।

धरानका विजयी बनाउन १०३ औ मिनेटमा दिपक राईले गोल गरे । निधारी ९० मिनेटको समय सम्म गोलरहित बराबरी सकिए पछि समय थप भएको थियो ।

दुवै टोलीले थोरै मात्र अवसर पाएपनि उपयोग गर्न सकेनन् । १६ ओं मिनेटमा नवीन लामाको क्रसमा युवराज खड्काको प्रहार धरानका गोलकिपरले रोके । त्यस्तै एपिएफले २७ औं मिनेटमा गोल गर्ने राम्रो मौका खेल फाल्यो । कर्नरमा आएको बलमा राजेन्द्र रावलको प्रहारलाई धरानका गोलकिपरले जोगाएका थिए ।

एपिएफले अहिले सम्म आरा रारा गोल्डकप जित्न सकेको छैन । छैटौं संस्करणको फाइनलमा पुग्नु आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको एपिएफको अहिले सम्मको उच्च प्रदर्शन हो । बिहीबारको खेल एएनए अमेरीका र रमपम झापा ११ विच खेल हुने छ ।

कमेन्टहरु
Loading...