१८ औं एशियाड, प्याराग्लाईडिङ टिम तथा एकल एक्युरेसीमा भिड्दै

पोखरा, ४ भदौ/इण्डोनेसियाको जकार्तामा शुरु भएको १८ औं एशियन गेम्स अन्तर्गत आज नेपाली प्याराग्लाइडिङ टोलीले चार

स्वर्ण पदकको लागि प्रतिस्पर्धामा उत्रिएको छ । आज महिला तथा पुरुष टोलीले टिम एवं एकल एक्युरेसीमा भिड्दै छन् ।

एकल प्रतिस्पर्धा अन्तर्गत एक्युरेसी तर्फ पुरुषमा विजय गौतम र शुशिल गुरुङ छन् । भने महिला तर्फको सोही प्रतिस्पर्धामा त्रिशा

श्रेष्ठ र प्रतिभा भुजेलले उडान भर्ने छन् । १४५० मिटर उचाईको नारी गुलहिलको उचाईबाट टेक अफ गरी १ हजार मिटरको

गुनुङमासमा ल्याण्डिङ गर्ने छन् । टेक अफ र ल्याण्डिङको दुरी ४ सय ५० मिटरको दुरीको फरक रहेको छ ।

नेपाली टिमले टिम एक्युरेसी, टिम क्रस कन्ट्री महिला तथा पुरुष इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् । पुरुष टिम क्रस कन्ट्रीमा विमल

अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसैगरी महिला टिम एक्युरेसीमा त्रिशा श्रेष्ठ, प्रतिभा

भुजेल र सविता तामाङले प्रतिस्पर्धा गर्ने नेपाली टिमका अफिसियल शैलेन रावतले जानकारी दिए । उनका अनुसार टिम इभेण्टमा

पदकको आशा गरिएको छ ।

१८ औं एशियाड, प्याराग्लाईडिङ टिम तथा एकल एक्युरेसीमा भिड्दै
१८ औं एशियाड, प्याराग्लाईडिङ टिम तथा एकल एक्युरेसीमा भिड्दै

प्याराग्लाइडिङ हुने पान्के भन्ने ठाँउको हावापानी नेपालको जस्तै रहेको उल्लेख गरे । प्रतियोगितामा नेपालसहित १७ देशले

प्रतिस्पर्धा गर्ने छन् । नेपाल, अफगानिस्तान, चीन, हङकङ, इरान, जापान, साउदी अरेबिया, थाईल्याण्ड, कोरिया, लाओस,

चाईनिज ताइपेइ, मंगोलिया, मेलसिया, कतार, सिंगापुर, पाकिस्तान, र इण्डोनेसियाले प्रतिस्पर्धा गर्ने छन् । भारत र युरोपियन

मुलुकले प्रतिस्पर्धा नगर्ने भएपछि प्याराग्लाइडिङमा पदकको आशा गर्न सकिने अर्का अफिसियल सानोबावु सुनुवारले सुनाए ।

खेलाडीहरुले नियमित प्रशिक्षण गरिहेका छन् नेपाली प्याराग्लाइडिङ टिमले दुई वर्ष अघि इण्डोनेसियामै आयोजित

प्याराग्लाइडिङ च्याम्पियनसिपमा टिम इभेण्टमा स्वर्ण पदक जितेर फर्किएको थियो ।

१८ औं एशियाड, प्याराग्लाईडिङ टिम तथा एकल एक्युरेसीमा भिड्दै
१८ औं एशियाड, प्याराग्लाईडिङ टिम तथा एकल एक्युरेसीमा भिड्दै
कमेन्टहरु
Loading...