आठौं राष्ट्रिय खेलकुदका लागि क्रिकेटमा १४ सदस्यीय टोली छनोट

पोखरा, ९ असोज/ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरामा खेलाडी छनोट शुरु गरिएको छ । पहिलो

चरणमा जिल्ला छनोट गरिने छ । त्यसपछि प्रदेशस्तरीय छनोट गरी प्रदेशको टिम घोषणा गरिने कास्की जिल्ला

खेलकुद विकास समितिले जनाएको छ ।

राष्ट्रिय खेलुकद परिषदको परिपत्र अनुसार कार्तिक १६ गतेभित्रका जिल्ला छनोट भईसक्नुपर्ने प्रावधान छ । त्यसै

अनुसार कास्की जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि १६ वटा खेलको छनोट कार्य शुरु गरेको हो ।

आईतबार कास्की जिल्ला क्रिकेट संघले १४ सदस्य खेलाडी छनोट कार्य शुरु गरेको कास्की जिल्ला खेलकुद

विकास समितिका कोषाध्यक्ष एवं छनोट प्रतियोगिताका संयोजक दिपकबहादुर गोदारले बताए ।

संघले एकसाता लामो क्लोजक्याम्प राख्दै १४ सदस्यीय खेलाडी छनोट गर्ने संघका अध्यक्ष सन्जयकान्त सिग्देलले

बताए । उनका अनसार पोखरामा कार्तिक ९ गतेदेखि पोखरा प्रिमियर लिगको तयारीले गर्दा खेलाडीलाई म्याटमा

प्रशिक्षण गराईएको छ । पीच र मैदानको आउटफिल्ड तयार पारिएकै कारण खेलाडीलाई म्याटमा प्रशिक्षण गराई

पर्फमेन्सको आधारमा १४ सदस्यीय खेलाडी छनोट गरिने उनले जानकारी दिए ।

१४ जनाको लागि अधिकांश पुरानै सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भएका खेलाडीहरु छनोटमा

सहभागि छन् । केही नयाँ पुस्ताका खेलाडीहरु पनि छनोटमा सहभागि बनेका छन् । काठमाडौमा सम्पन्न

पिएमकप(प्रधानमन्त्री कप) प्रदेश नं ४ बाट उत्कृष्ठ प्रदर्शन गरेका साथै इमर्जिङ प्लयेरबाट सम्मानित हरि चौहान

समेत कास्कीको छनोट टोलीमा संलग्न छन् । चौहानले प्रधानमन्त्री कपमा १०० रन साथै ह्याट्रिकसहित चार विकेट

लिएका थिए । उनी सोमबारदेखि प्रशिक्षणमा आउने संघले जनाएको छ ।

क्रिकेटको प्रशिक्षण रिजन प्रजु र भोजबहादुर गुरुङले विहानीको समयमा प्रशिक्षण दिईरहेका छन् । साँझको

समयमा पनि केही खेलाडीहरु उपस्थिति हुने गरेका छन् । विद्यालयको पठन पाठनले पनि खेलाडीहरु छनोटमा

सहभागि हुन पाएको अवस्था भने छैन् । यद्यपी विहानीको समयमा विद्यालयमा अध्ययनरत खेलाडीहरु पनि छनोट

क्याम्पमा संलग्न छन् । पुर्व राष्ट्रिय खेलाडी सन्जय नेपालले १४ सदस्यीय छनोट गरी संघलाई बुझाउने छ ।

आईतबार १३ जना खेलाडी थिए । सूचना प्रभावकारी नहुदाँ खेलाडी सहभागि हुन नसकेको प्रशिक्षक प्रजुको

भनाई थियो । उनका अनुसार २५ जना छनोटमा सलग्न हुने छन् । २५ जनाबाट १४ जना खेलाडी छनोट गरी

जिल्लाको टिम तयार पारिने उनले बताए । छनोटमा आकास थापा, विधान श्रेष्ठ, अनिल गुरुङ लगायतका

खेलाडीहरु सहभागि छन् । कास्की जिल्ला क्रिकेट संघले महिलाको छनोट भने केही दिनपछि शुरु गर्ने जनाएको

छ । महिलाहरुको लागि छोटो समयको क्लोजक्याम्प राखेर जिल्ला छनोट गरिने क्रिकेट संघ कास्कीले जनाएको

छ ।

कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालका अनुसार कास्कीमा १६ वटै खेलको

छनोट कार्य यही असोजको १६ गतेभित्रका सक्ने लक्ष्य छ । छनोट भएको खेलाडीलाई जिल्ला संघले नै बन्द

प्रशिक्षणमा राख्ने र कार्तिकको अन्त्य वा मंसिरको पहिलो सातातिर प्रदेशस्तरीय छनोट गरिने उनले सुनाए ।

जिल्ला छनोटको लागि विभिन्न खेलको लागि राष्ट्रिय खेलकुद परिषदले ३ लाख ५० हजार र ३० हजार रुपैयाँ खेल

सामाग्री खरीदको लागि पठाएको समेत उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...