आठौं राष्ट्रिय खेदकुद प्रतियोगिताको तयारी कास्कीमा खेलाडी छनौट शुरु

पोखरा, ७ असोज / मंसिरको तेस्रोसातादेखि नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि

खेलाडीहरु छनोट गर्न राष्ट्रिय खेलकुद परिषदले सम्बन्धित जिल्लालाई परिपत्र गरेको छ । जिल्ला छनोट कार्तिक

१६ गतेभित्रका गरिसक्ने निर्देशनसहितको परिपत्र पठाईसकेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५

खेलमा खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् ।

जिल्ला खेलकुद विकास समिति कास्कीले खेलाडी छनोट कार्य शनिबारदेखि शुरु गरेको छ । शनिबार पोखरा

रंगशाला बृहत सरसफाई पछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनोट प्रतियोगिता सञ्चालन

भएको संयोजक दिपकबहादुर गोदारले बताए । कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष समेत

रहेको गोदारका अनुसार शनिबार तेक्वान्दो खेलबाट छनोट कार्य शुरु भएको छ ।

जिल्ला खेलकुदले खेलकुद महोत्सव शुरु गरेको छ । मेलासँगै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी

छनोट भइरहेका छन् । परिषदले १६ वटा खेलको लागि खेलाडी छनोट गर्नुपर्ने निर्देशन दिदैं आवश्यक बजेट

समेत विनियोजन गरी पठाईसकेको छ । बाँकी १९ वटा खेलको भने सिधै राष्ट्रिय प्रतियोगितामा सहभागिता हुदैं

प्रतिस्पर्धा गराईने परिषदको पत्रमा उल्लेख छ ।

फुटबल, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेवल टेनिस, क्रिकेट, भलिबल, तेक्वान्दो, जुडो, कबड्डी, खो खो, उसु,

बास्केटबल, व्याडमिन्टन, कराँते र ह्याण्डबल गरी १६ खेलमा महिला तथा पुरुष खेलाडी छनोट गर्न परिपत्र गरेको

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । परिषदको निर्देशन अनुसार

सुटिङ, प्याराग्लाईडिङ, आर्चरी, आईटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराँते, लन टेनिस, स्क्वास, सेपाक ताक्रो,

साईक्लिङ, ट्रायथोलन, गल्फ, शारीरिक सुगठन, हक्की, बुद्धिचाल, जिमन्याष्टिक, सफ्ट टेनिस, कुस्ती, फेन्सिङ र

पौडी जस्ता १९ वटा खेलहरु भने सिधै राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गराईने छ ।

गण्डकी प्रदेशको लागि १६ वटा खेलमा महिला तथा पुरुष गरी १५८८ खेलाडीको कोटा छुट्टाइएको छ । जिल्ला

छनोट भएका खेलाडीहरु प्रदेशस्तरीय छनोटमा सहभागि हुने छन् । ‘छनोट गर्नुपर्ने र सिधै राष्ट्रिय प्रतियोगितामा

भाग लिने गरी कास्कीबाट मात्रै ५ सय भन्दा बढी खेलाडीहरु सहभागि हुने छन् ।’जिल्ला खेलकुद विकास

समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘हामीले यसैसाता जिल्ला छनोट गरिसक्ने छौं ।’ प्रदेशस्तरीय

छनोटको लागि १६ खेलबाट कास्कीबाट १६४ जना पुरुष र ९८ जना महिला खेलाडीहरु छनोट हुने छन् ।

सबैभन्दा कम भने मनाङबाट खेलाडी छनोट हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

समितका अनुसार मनाङबाट ४० पुरुष र १२ महिला खेलाडी जिल्ला छनोट हुने छन् ।

खेलाडीको कोटा, खेलाडी फाराम तथा आवश्यक बजेट खेलकुद परिषदले पठाईएको जनाउँदै पश्चिमाञ्चल क्षेत्रीय

खेलकुद विकास समितिका लेखा प्रमुख डि.बी नेपालीले सम्बन्धित जिल्लामा परिषदको परिपत्रसँगै बजेट समेत

पठाईसकिएको जानकारी दिए । ‘खेलाडीको कोटासहित आवश्यक बजेट सम्बन्धित जिल्लामा पठाउने तयारीमा

छौं ।’उनले भने–‘आईतबारसम्म बजेट पठाउने छौं । कार्तिक १६ गतेभित्रमा जिल्ला छनोट गरिसक्नुपर्ने प्रावधान

छ । त्यसै अनुसार छनोट गर्न हामीले हाम्रो तर्फबाट पत्रचार गरिसकेका छौं ।’ उनका अनुसार जिल्लामा खेलाडी

दर्ता असोज १० गतेदेखि १९ गतेसम्म तोकिएको छ ।

राष्ट्रिय खेलकुद परिषदले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलाडी छनोट तथा खेल सामाग्रीको लागि १६

जिल्लालाई ६० लाख २५ हजार रुपैयाँ बजेट पठाएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय

प्रमुख लक्ष्मणप्रसाद योगीले बताए । जिल्लाहरुमा सबैभन्दा कम म्याग्दी, मनाङ र मुस्ताङको लागि २ लाख ५०

हजार रुपैयाँ छुट्टाइएको छ । खेल सामाग्री खरीदको लागि केवल २० हजार मात्रै उपलब्ध गराईएको तथ्यांक छ ।

कास्की, स्याङजा, बाग्लुङ, तनहुँ, लमजुङ जिल्लालाई ३ लाख ५० हजार र खेल सामाग्रीको लागि ३० हजार

रुपैयाँको दरले बजेट उपलब्ध गराईएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख नेपालीले

जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी रुपन्देहीलाई ४ लाख ५० हजार र खेल सामाग्री खरीद गर्न ७०

हजार रुपैयाँ छुट्टाइएको छ । कपिलबस्तुलाई ३ लाख ७५ हजार रुपैयाँ बजेट उपलब्ध गराईएको छ ।

कमेन्टहरु
Loading...