पोखरामा एट ए साइड भेट्रान फुटबल सुरु, पूर्व राष्ट्रिय खेलाडी डम्बर गुरुङ सम्मानित

पोखरा, २ माघ/पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलक द्वारा संचालित ‘साँतौ स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को उद्घाटन खेलमा फ्रिडम फाइटर काठमाण्डै बिजयी भएको छ । फ्रिडमले बुटबल सोसाइटिलाई १–० गोलले बिजयी हासिल गरेको हो । उक्त खेलमा फ्रिडमका बिजय गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

त्यसै गरि दोश्रो खेलमा बुटवल भेट्रानले हेम्जा भेट्रान संग ३–१ गोल नतिजा निकालेको छ । बुटवलका सञ्जय श्रेष्ठले २ गोल गरे भने शेर बहादुर गुरुङले एक गोल गरे । हेम्जामा तर्फ बाट एक मात्र गोल सन्तमा श्रेष्ठले फर्काए । खेलमा वुटबलका सञ्जय श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

यसै गरि सम्पन्न तेश्रो खेलमा आयोजक बगर भाइ खलकलाई एबिसी पोखराले स्तव्ध पा¥यो । बगर भाइ खलक ५–२ ले पराजित भयो । एबिसीका लागि ह्याट्रिक गरेका सञ्जय गुरुङ म्यान अफ दि म्याच घोषित भए । यस अघि प्रतियोगिताको उदघाटन गर्दै बेलायती सेनाका गोर्खा मेजर तथा तमु पेलु संघ युकेका अध्यक्ष खुसीमान गुरुङले बगर भाइ खलकले खेलको बिकास एवम विस्तारका लागि गरेको कार्य स¥हानिय रहेको बताए ।

उद्घाटन कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी एवं पूmटवल प्रशिक्षक डम्बर गुरुङ लाई ताम्रपत्र एवं दोसल्ला सहित प्रमुख अतिथी गुरुङ, पोखरा महानगरपालिका वडा नं १ की अध्यक्ष शारदा पराजुली, संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले सम्मान गरेका थिए । सम्मानित व्यक्तित्व गुरुङले आफु यसरी सम्मानित हुन पाउँदा गौरव लागेको बताए । उनलाई दोसल्ला र ताम्रपत्र द्वारा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, सचिब मानकाजी गुरुङ लगाएतले बोलेका थिए । ‘स्वस्थ्यको लागि एक घन्टा व्यायाम नागरिकका लागि नौलो आयाम’ भन्ने मुल उद्धेश्यका साथ सुरु भएको सातौ संस्करणको ‘स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’मा स्व. रन्जित गुरुङका परिवारले मुख्य प्रायोजन गरेका छन ।

त्यसै गरि पोखरा बगर निवासी इन्द्र गुरुङले आफ्नी आमा शिब कुमारी गुरुङको स्मृतीमा प्रथम पुरुस्कार रु १ लाख नगद प्रायोजन गरेका छन भने पोखरा फुलबारी निवासी अमित जोन गुरुङले आफ्नी हजुरआमा केसुभा गुरुङको स्मृतीमा दोश्रो पुरुस्कार रासी रु ५० हजार प्रायोजन गरेका छन । संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले ‘भेट्रानहरुलाई मैदानमा उतारेर यो प्रतियोगिता मार्फत तिन वटा पुस्तालाई संगै हिडाउने प्रयासको थालनी’ भएको बताए ।

उनले भने–‘हाम्रो प्रतिवद्धता नै समाजमा खेलकुदका माध्यम द्वारा स्वस्थ्य समाजको निर्माण गर्नु हो ।’ यस प्रतियोगीताको मूख्य उद्देश्य अग्रजहरुलाई सम्मान, समकालिनलाई व्ययाम र नयाँ पिढीलाई खेल र स्वास्थ्य प्रति जागरुक वनाउनु पनि रहेको अध्यक्ष गुरुङले बताए ।

४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहले सहभागिता जनाउने प्रतियोगितामा विजेताले नगद रु. १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितिय पुरस्कार विजेताले नगद ५० हजार मात्र, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् सचिव मानकाजी गुरुङले बताए । त्यस्तै सर्वाधिक गोलकर्ता ट्रफी सहित नगद ५ हजार फाइनल म्याचको म्यान अफ दि म्याच ट्रफी सहित नगद पांच हजार, सर्वोत्कृष्ट खेलाडी, अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा छिमेकी मुलुक भारतका दुइ टिम सहित नेपालका विभिन्न जिल्ला र स्थानिय गरि २१ टिमको सहभागिता रहेको छ । प्रतियोगिता ६ गते समापन हुनेछ ।

कमेन्टहरु
Loading...