सातौँ राष्ट्रिय खेलकुदका लागि पश्चिमाञ्चलबाट फुटबलका खेलाडी छनोट, कास्कीलाई स्वर्ण

सागर राज तिमिल्सिना
पोखरा, २६ मंसिर /पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागिका पश्चिमाञ्चलस्तरीबाट फुटबलका खेलाडी छनोट भएका छन् । फुटबलका लागि पुरुष तथा महिला २०/ २० जना खेलाडी छनोट भएका हुन् । पुरुष फुटबलका लागि राष्ट्रिय टिमका कप्तान अनिल गुरुङ सहित बिमल घर्तिमगर, मान बहादुर तामाङ रहेका छन् ।

त्यसै गरि कास्कीबाट दिप कार्की, रवि थापा, विमल बस्याल, आशिष केसी, शुसिल केसी, शिव सुबेदी र बिमल राना छनौटमा परेका छन् । त्यसै गरि स्याङजाबाट राजाबाबु थापा, सरोज योन्जन, सुभाष गुरुङ, लक्ष्मण रुचाल, विश्ववास श्रेष्ठ रहेका छन् भने रुपन्देहिबाट आशिष गुरुङ, डोना थापा, अशोक थापा रहेका छन् । तनँहुबाट आशा गुरुङ र विश्व अधिकारी छनोट भएको छनोट समितिका संयोजक कृष्ण थापाले जानकारी दिए ।

छनोट समितिमा थापा सहित उपेन्द्रमान सिंह, बालगोपाल मर्हजन र शम्भु केसी सदस्य रहेका थिए । छनोट प्रतियोगिताको फाइनलमा कास्कीले स्याङजालाई १ ० ले हराउदै स्वर्णपदक जितेको छ भने तनँहुले रुपन्देहीलाई हराउदै तेस्रो स्थान पक्का गरेको थियो । छनोट भएका खेलाडीलाई मंसिर २९ गते देखि बन्द प्रशिक्षणमा राखिने थापाले बताए ।

महिला तर्फ नवलपरासीकी शुभेच्क्ष्या थापा, विमला विक, बेलमाया थापा, संगिता पुन, हिरा राणा, उदय थापा, सुनिता विक छनोट भएका छन् । त्यसै गरि कास्कीकी स्मृति गुरुङ, सोनु नेपाली, रुपन्देहिकी चेतमाया जिसि, इन्द्रा सेन, पुष्पा थापा क र पुष्पा थापा ख, सोनिया भट्राई, स्याङजाबाट सोरस्मा थापा, रिया बानु, रेणुका हमाल, सारदा नेपाली, शोभा पगेनी, अस्मिता राणा छनोट भएका छन् । महिलाहरुको मंसिर २७ देखि बन्द प्रशिक्षण सुरु हुने थापाले बताए ।

पश्चिमाञ्चलाका विभिन्न जिल्लामा विभिन्न खेलको छनौट सञ्चालन भई रहेको छ । मंसिर ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १४ खेलमा १६ जिल्लाका २४ सय ८४ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धाँ गरेका छन् । प्रतियोगितामा छात्र १६०८ र छात्रा ८ सय ७६ र अफिसियल ४५३ जना गरि २९ सय ४२ जनाको सहभागीता रहने छ ।

कमेन्टहरु
Loading...