सेभेन ए साइड फुटबलको उपाधि त्रिशक्तिलाई

पोखरा, २१ भदौं /कास्कीको ढिकुरपोखरी ५ स्थित धारापानी युवा क्लवले आयोजना गरेको सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि पोखराको त्रिशक्रि समाज सेवा सिम्पानीले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा त्रिशक्तिले हेमजा यूनाईटेड बि लाई १–० गोलको कठिन जित निकाल्दै उपाधि सहित नगद ३० हजार, ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्न सफल भयो । अशोक नेपालीले गरेको एक मात्र गोल निर्णायक भएपछि उपाधि उचाल्न त्रिशक्तिलाई पयाप्त बन्यो ।

सेभेन ए साइड फुटबलको उपाधि त्रिशक्तिलाई
सेभेन ए साइड फुटबलको उपाधि त्रिशक्तिलाई

उपविजेता हेमजा यूनाइटेडले नगद २० हजार ,ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । नेपाली नारीहरुको पर्व हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा उत्कृष्ट खेलाडी हेमजा यूनाइटेडका अभिषेक कुँवर भए । भने सर्वाधिक गोलकर्ता त्रिशक्तिका अशोक नेपाली भए । उनले तिन दिने प्रतियोगिता अवधिभरमा ६ गोल गन सफल भएका थिए । प्रतियोगितामा अनुसासित टिम नेपाली सेवा समाज लाहाचोक भयो ।

विजेता खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, क्लबका संरक्षक दुर्गाप्रसाद पौडेल, धारापानी क्लबका अध्यक्ष मनबहादुर सुनार लगायतले विजेता खेलाडीलाई ट्रफि, मेडल र प्रमापणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले अन्तराष्ट्रिय प्रतियोगितामा पदकको आशा गर्ने हो भने पूर्वाधार, प्रतियोगिता र प्रशिक्षणमा जोड दिनुपर्ने बताए । उनले पूर्वाधारको अभाव, प्रशिक्षण र नियमित प्रतियोगिता विना पदकको आशा गर्न नसकिने बताए ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरमसिंह लामिछानेले फुटबल खेलको विकासका लागी ग्रामिण क्षेत्रमा संचालन हुने यस्ता प्रतियोेगिताले सहयोग पुग्ने बताए । यसैवीच सोही कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र क्लबका संरक्षक दुगाप्रसाद पौडेललाई सम्मानपत्र र दोसल्ला ओढार सम्मान गरिएको थियो । क्षेत्रीय अध्यक्ष पौडेललाई ढिकुरपोखरीमा जन्मेर क्षेत्रिय अध्यक्ष बन्न सफल भएको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

सोही कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार, कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरमसिंह लामिछाने, कान्तिपुरका पत्रकारद्धय इन्द्र पौडेल, बसन्त अधिकारी, आर्दश समाजका श्रीभद्र पौडेल र पोखरा हटलाइनका एकराज गिरीलाई खादा र अविर लगाएर सम्मान गरिएको थियो । धारापानी क्लबका अध्यक्ष मनबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका कोषाध्यक्ष हसना गुरुले स्वागत र नारायण पौडेलले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...