पाँचौ खुला नक आउट सेभेन ए साइड फुटबल प्रतियोगिता जारी

पोखरा, ५ कात्तिक/ मेरो नेपाल युवा क्लबले आयोजना गरेको पाँचौ खुला नक आउट सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तरगत सोमबार ६ खेल भएका छन् ।

सोमबार भएको पहिलो खेलमा आर.के.टि.ले चाउथे १४ लाई १–० गोल अन्तरले हराउदै दोस्रो चरणमा प्रवेश गरेको छ । आर.के .टि को जितमा अनिल गुरुङले निर्णायक गोल गरेका थिए ।

त्यस्तै दोस्रो खेलमा मसिना अर्गा्निकले संगम एकेडेमीलाई टाइब्रेकरमा ३–२ गोलले हराउदै दोस्रो चरणमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा रोकिए पछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

तेस्रो खेलमा सन्तोष फुटबल क्लबले मझेरी फुटबल क्लबलाई ४–२ गोल अन्तरले पाखा लगाएको हो । सन्तोषको जितमा सन्दिप परियारले २ तथा प्रदिप क्षेत्री र राजन बस्नेतले समान एक एक गोल गरे भने मझेरीको लागि राजन नेपाली र विशाल नेपालीले एक एक गोल गरेका थिए ।

चौथौ खेलमा हिटि फुटबल क्लबले गलेश्वर फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ गोलले पाखा लगायो । निर्धा्रित समयको खेल एक एक गोलको बराबरीमा सकिएपछी खेल टाइब्रेकरमा धकेलिएको हो ।

पाँचौ खेलमा चाउथे फुटबल क्लबले मसिना फुटबल क्लबलाई ४–१ फराकिलो गोल अन्तरले पाखा लगायो । चाउथेको जितमा अजित गुरुङले दुई तथा जीवन गुरुङ र सरोज योञ्जन ले समान एक एक गोल गरे भने मसिनाको लागि सुजित गुरुङले सान्त्वना एक गोल गरे ।

भने सोबारको अनितम खेल काजीपोखरी फुटबल क्लब र रञ्जन मेमोरीयल क्लब बिच भएको थियो । उक्त खेलमा १ –० गोलको अन्तर पादै रञ्जन मेमोरीयल दोस्रो चरणमा प्रवेश गरेको प्रचार प्रसार संयोजक र्पथ्वी कुवँरले जानकारी दिए ।

प्रतियोगिता रामेश्वरी विद्यालयको खेलमैदान मझेरीपाटन भएको प्रतियोगितामा ४० टिमले भाग लिएका छन् । प्रतियोगिता विजेता र उपविजेताले क्रमश १ लाख ५५ हजार ५ सय ५५ रुपैया र ७५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । सेमिफाइनलमा प्रवेश गरेका २ टिमलाई प्रमाणपत्रसहित १०÷१० हजार प्रदान गरिनेछ ।

अनुशासित टिमले ७ हजार, सर्वोत्कृष्ट खेलाडीले ७ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्डरले ५ हजार, मिड फिल्डरले ५ हजार, सर्वाधिक गोलकर्ताले ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक एगेन्द्र कुवरले जानकारी दिए । प्रतियोगितामा ११ लाख खर्च र २५ लाख रुपैयाँ बचत हुने आयोजकको अनुमान गरेको क्लबबा अध्यक्ष दिवस कुवरले बताए । प्रतियोगिताबाट बचत भएको रकमले सामूहीक व्यामशाला निर्माण गर्ने क्लबको योजना छ ।

कमेन्टहरु
Loading...