तेस्रो लेक कपको उपाधि एम १२ लाई

पोखरा, १७ चैत /तेस्रो सस्करणको लेक कपको उपाधि एम १२ ले जितेको छ । शनिबार भएको फाईनलमा विष्णुपादुका क्लब हेमजालाई ३–१ गोलले पराजित गर्दै उपाधि एम १२ ले उचाल्न सफल भयो ।

प्रतिस्पर्धात्मक बन्ने देखिएको खेलमा सुनिल गोतामेको महत्वपूर्ण दुई गोल गर्दै जित दिलाउन महत्वपूर्ण भूमिका खेल्दा अर्को गोल मनोज गुरुङले अर्को गोल थप्दै जित सुनिश्चित बनाए । विष्णुपादुकाको लागि प्रविन थापाले सान्त्वना गोल फर्काए । प्रतियोगितामा सुनिल गोतामे फाईनल खेलको म्यान अफ दि म्याचसहित उत्कृष्ठ खेलाडीको पुरस्कार थापे ।

बेष्ट स्ट्राईकर अविनास तामाङ(एम १२), सर्वाधिक गोलकर्ता अविनासै बने । उनले प्रतियोगिता अवधिमा ९ गोल गरेका थिए । त्यसैगरी लेकसाईड क्लबका आशिष गुरुङ बेष्ट डिफेण्डरको पुरस्कार प्राप्त गरे ।

त्यसैगरी एम १२ का सुनिल नेपाली बेष्ट गोलकिपरबाट सम्मानित भए । विष्णुपादुकाका प्रविन थापा बेष्ट मिड फिल्डरको पुरस्कार प्राप्त गरे । फेयर प्ले टिमको पुरस्कार भने दोब्रे एफसीले प्राप्त गर्यो । सर्वाधिक गोलकर्ता, बेष्ट प्लेयर र अनुशासित टोलीलाई नगद ५/५ हजार रुपैयाँ प्रदान गरिदाँ अन्य विधाका खेलाडीलाई नगद ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

लेकसाईड एशोसियनद्वारा आयोजित प्रतियोगिताको विजेता एम १२ ले प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । विष्णुपादुका क्लबले भने दोस्रो हुदैं ७५ हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

विजेता तथा उपविजेता क्लबका खेलाडीलाई गण्डकी प्रदेश सदस्य राजीव पहारी, पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराई , नेपाल विद्यार्थी संघ कास्कीका अध्यक्ष विकास थापा लगायतले नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...