न्युडायमण्ड भलिवल कपको उपाधि एपीएफलाई

काठमाडौं, २८ पुस /होङगवान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि बिभागिय टिम एपीएफले जितेको छ । शनिवार भएको फाईनल खेलमा एपीएफले साविक बिजेता न्युडायमण्डलाई ३–१ को सेटमा हराउदै उपाधि चुमेको हो ।

च्याम्पियन भएको एपीएफले ३ लाख १ हजार प्राप्त ग¥यो । उपविजेता न्यु डायमण्डले २ लाख १ हजारमा चित्त बुझाउनु प¥यो । एपीएफले पहिलो सेट १६–२५ ले गुमाए पनि खेलमा फर्कदै लगातार तीन सेट २५–२१,२५–२३ र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। फाईनलमा न्युडायमण्डकी प्रतिभा मालीले स्पाईकमा ३६,ब्लकमा ३ र सर्भरबाट ३ अंक जोडेकी थिईन् ।

त्यस्तै एपीएफकी एपीएफकी सरस्वती चौधरीले स्पाईकमा २८,ब्लकमा १ र सर्भरबाट २ अंक जोडेकी थिईन् ।प्रतियोगिताको विधागततर्फको पुरस्कारमा न्यु डायमण्डको बर्चस्व रहन र¥यो । बिजेता टिमकी सरस्वती चौधरी उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १५ हजार नगद प्राप्त गरिन् । न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर घोषित भईन् ।

न्यु डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र ललितानाथ उत्कृष्ट क्विकर घोषित भईन् । न्यु डायमण्डकै अनिषा सुनुवार उत्कृष्ट सेटर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर घोषित भए । एपीएफकी उषा विष्ट उत्कृष्ट ब्लगर चुनिदाँ ज्ञानेन्द्र विष्टले उत्कृष्ट प्रशिक्षकको अवार्ड हातपारे । विधागततर्फको उत्कृष्टले जनही ५÷५ हजार नगद प्राप्त गरे ।

लिगकमनकआउटकाआधारमा सञ्चालनगरिएको प्रतियोगितामा ८ टोली सहभागिथिए । पोखराको टप्स माबिलाई पराजितगर्दै अर्को विभागीयटिमपुलिसले तेस्रो स्थानहातपार्न सफलभयो । पुलिसले टप्सलाई २५–११,२५–२१ र २५–१४ को सोझो सेटमा हरायो । तेश्रो स्थान हात पारेको पुलिसले १ लाख १ हजार तथा टप्सले ५१ हजार हात पा¥यो ।

कमेन्टहरु
Loading...