दोश्रो लक्ष्मण स्मृति फुल कन्ट्याक्ट कराँते शुक्रबार देखि

पोखरा २३, भदौ/दोश्रो लक्ष्मण स्मृति फुल कन्ट्याक्ट शिन क्योकुशिन कराँते प्रतियोगिता २०७३ भोलि सुक्रबारदेखि पोखरामा हुने भएको छ। कास्की क्योकुशिन कराँते संघको आयोजनामा होटल दोनस्ती लेकसाइडको मुख्य प्रायोजनमा र शिन क्युकुशिन कराँत केन्द्रीय डोजो त्रिपुरेश्वर काठमाण्डौंको सह–प्रायोजनमा पोखरा लेकसाइडको क्याम्पीङचोक स्थित खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको संघले जनाएको छ ।

खेकलुदको विकाससंगै नयाँ खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यले पनि आफुहरुले यस प्रतियोगितालाई निरन्तरता दिन लागेको शिन क्योकुशिन कराँते संघ पश्चिमाञ्चलका प्रमुख प्रशिक्षक असोक लामा (रुम्वा) ले बताए । उक्त प्रतियोगिताको तयारी पुरा भएको उनले जनाए । भदौ २५ गतेसम्म चल्ने प्रतियोगितको उद्घाटन वक्सीङका पुर्व अन्तर्राष्ट्रिय खेलाडी पर्यटन व्यावसायी गणेश बहादुर भट्टराईले गर्नु हुने कार्यक्रम रहेको छ ।

महिला तथा पुरुषका ७ वटा तौल समुहमा प्रतिष्प्रर्धा हुने भएको छ भने एकल र उत्कृष्ट हुने डोजोलाई नगदसहित, ट्रफि, मेडल, प्रमाणपत्रले सम्मान गरीने भएको छ । पुरुष तर्फ ४० केजी तौल समुह मुनि, ५० केजी तौल समुह मुनि, ५५ केजी मुनि, ६० केजी तौल समुह मुनि र खुल्ला तर्फ गरी ५ वटा इभेण्टमा प्रतिष्प्रर्धा हुने भएको छ । त्यसै गरी ५० केजी तौल समुह मुनि र खुल्ला तर्फ गरी महिला तर्फ दुई ईभेण्टमा प्रतिस्प्रर्धा हुने भएको हो ।

प्रतियोगितामा काठमाण्डौं, काभ्रे, चितवन, बिरगन्ज, रौतहट, मकवानपुर, नेपालगन्ज, जनकपुर, लालवन्दी, उर्लावारी, भैरहवा, बनेपा, धनगढी, दाङ, सर्लाही, मोरङ लगायतका करीब २ सय जना भन्दा बढी खेलाडीहरु सहभागि हुने भएको आयोजकले जनाएको छ । त्यसै गरी भारतको रक्सौलबाट १० जना खेलाडीहरु प्रतियोगिको रुपमा आउने भएको प्रशिक्षक लामाले बताए ।

कमेन्टहरु
Loading...