दोश्रो अभियान भलिबलको उपाधि कालिका गणलाई

पोखरा, ३ चैत /अभियान युवा क्लबद्वारा आयोजित दोश्रो अभियान पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल कालिका गण ए ले जितेको छ । शनिबार भएको फाइनल खेलमा कालिका गणले पोखरा भलिबल ट्रेनिङ सेन्टर नदिपुरलाई २५–१७, २६–२४ र २५–१९ अंकको सोझो सेटले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजारको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने दोश्रो हुने टीमले नगद ३० हजारको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको अनुशासित टीमको उपाधि प्रगतिशिल युवा क्लब सिन्धुलीले जितेको छ ।

प्रतियोगितामा बेस्ट स्पाईकर पोखरा भलिबल ट्रेनिङ सेन्टरका रुपेन्द्र नेपाली, बेस्ट सरभर कालिका गणका कृष्ण चौधरी, बेस्ट लिफटर कालिका गणका नुर बहादुर राना, बेस्ट डिफेन्स कालिका गणकै मदन गुरुङ, बेस्ट ब्लकरको उपाधि पोखरा भलिबल ट्रेनिङ सेन्टरका सुनिल घमालले पाएका थिए भने बेस्ट प्लेएरको उपाधि कालिका गणका कुल बहादुर कार्कीले पाएका थिए ।

विजेता खेलाडीलाई वरिष्ठ हाड जोर्नी नशा रोग विशेषज्ञ तथा मेट्रो सिटी हस्पिटल प्रालिका प्रमुख डा भरत खत्रीले जीवनमा खेल अपरिहार्य रहेको बताए । क्लबका अध्यक्ष मोहन बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताका संयोजक जय प्रकाश थापाले स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिएभने कार्यक्रमको संचालन क्लबका सचिव राजु गिरीले गरेका थिए ।

कमेन्टहरु
Loading...