विश्वकप ट्वान्टी २० मा खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौ, २४ असोज/आईसीसी विश्वकप ट्वान्टी २० छनोट क्रिकेटका खेल्ने नेपाली टोलीको घोषणा भएको छ । क्यानले १५ खेलाडी र ४ वैकल्पिक खेलाडीसहितको टोलीको घोषणा गरेको हो ।

टोलीनेता पारस खड्का सहित ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, अनिल मण्डल, शरद भेसवाकर, अमृत भट्टराई, शक्ति गौतन र बसन्त रेग्मी रहेका छन् । यस्तै विनोद भण्डारी, राहुल विक, प्रदीप ऐरी, सागर पुन, जितेन्द्र मुखिया, महेश क्षेत्री र अभिनाश कर्ण पनि टोलीमा परेका छन् ।

नरेश बुढाएर, रामनरेश गिरी, चन्द्र साउद र भुवन कार्की भने बैकल्पिक खेलाडीमा परेका छन् । प्रतियोगिताको तयारीका लागि नेपाली टोली दशैं लगतै भारत खेल्न जाने छ । कात्तिक २९ गतेबाट यूएईमा हुने प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, स्टकल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यू गिनी, केन्या, बर्मुडा र डेनकर्मा समूह बीमा छन् ।

कमेन्टहरु
Loading...