पोखरा मालेपाटनमा अभियान भलिबल जारी, फाइनल खेल शनिबार

पोखरा, २ चैत /अभियान युवा क्लबद्वारा आयोजित दोश्रो अभियान पुरुष भलिबल प्रतियोगिता २०७४को सेमीफाईनल र फाईनलका खेल शनिबार हुने भएको छ । बाराही माविको खेल मैदानमा संचालित प्रतियोगितामा शनिबार दोश्रो सेमिफाईनल र फाईनलको खेल हुने भएको हो ।

शुक्रबार भएको पहिलो खेलमा पोखरा बहुमुखि क्याम्पसलाई १९–२५, २५–२०, ९–२५, २५–२३ र ८–१५ को अंकले बाराहीले जितेको थियो भने शुक्रबारको दाश्रो खेलमा फेवा भलिबल प्रशिक्षण केन्द्रलाई नेपाल एपिएफ कालिका गण बि ले १४–२५, १८–२५, १९–२५ को सोझो सेटमा पराजित गरेको थियो ।

त्यस्तैगरि तेश्रो खेलमा नेपाल एपिएफ कालिका गण ए ले प्रगतिशिल युवा क्लब सिन्धुलीलाई २५–६, २५–११, २५–२३ अंकको सोझो सेटमा पराजित गरेको थियो । शुक्रबारनै पोखरा भलिबल ट्रेनिङ सेन्टर नदिपुर र नेपाल एपिएफ कालिका गण बि बिच भएको पहिलो सेमिफाईनल खेलमा १९–२५, २५–१७, २६–२४, २५–२१ अंकका साथ पोखरा भलिबल ट्रेनिङ सेन्टर नदिपुरले फाईनलको यात्रा तय गरेको छ ।

त्यस्तै शनिबार दोश्रो सेमिफाईनलको खेल बाराही मावि र नेपाल एपिएफ कालिका गण ए बिच हुने भएको छ भने यो दुई टिमको खेलको बिजेतासँग पोखरा भलिबल ट्रेनिङ सेन्टर नदिपुर शनिबार दिउसो दोश्रो अभियान पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि भिडने भएका छन् ।

कमेन्टहरु
Loading...