१८ औं आहा रारा गोल्ड कपलाई सफल पार्न सांसद मनाङेद्धारा सहयोग

पोखरा, २७ पुस/ गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङे) ले १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटवल प्रतियोगितालाई सफल पार्न प्रतियोगिताको पूर्व अवसरमा सहयोग गरेकाछन् ।

गत दुई बर्ष देखि सहयोग गर्दै आएका सांसद गुरुङले यस बर्ष पनि आफ्नो राज्यबाट प्राप्त सेवा सुविधा वापतको ५० हजार रुपैया सहारा क्लवलाई सहयोग गरेका हुन् ।

सांसद गुरुङका निजी सचिव रोनित गुरुङले उक्त रकम क्लवका अध्यक्ष केशव बहादुर थापालाई हस्तान्तरण गरेका हुन् । पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीको अवलोकन पश्चात उनले रकम हस्तान्तरण गर्दै सामाजिक कार्यमा लाग्दै आएको क्लवको पं्रशम्सा गरे ।

आउँदो फागुनको तेश्रो साता देखि आहा रारा गोल्ड कप पोखरामा हुने भएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । उनका अनुसार सहारा एकेडेमीमा हाल १२ जिल्लाका २४ जना बालकहरु रहेकाछन् ।

कमेन्टहरु
Loading...