Ganthan News Pokhara
All news from Pokhara & around

१८ औं एशियन गेम्स प्याराग्लाइडिङको क्रसकन्ट्रीको खेल शुक्रबार

0

पोखरा, ७ भदौ / इण्डोनेसियामा जारी १८ औं एशियन गेम्स अन्तर्गत प्याराग्लाइडिङ तर्फ एक्युरेसी विधाको

प्रतिस्पर्धामा नेपाली टोलीले नयाँ अनुभव गरेर टुग्याएको छ । एक्युरेसी विधा नयाँ ईभेण्ट भएकोले पनि

प्याराग्लाइडिङ टोलीले पदकको आशा र अपेक्षा भने गरेको थिएन् । प्याराग्लाइडिङमा पदकको आशा भने

नेपाली टोलीले शुक्रबारदेखि शुरु हुने क्रसकन्ट्रीमा गरेको छ ।

एकल र टिम एक्युरेसी महिला तथा पुरुषमा नेपाली टोलीले बुधबार फाईनल राउण्डमा आईपुग्दा कमजोर देखिए

। पुरानै लयलाई कायम राख्न नसक्दा पुरुष एकल एक्युरेसीमा पुछार भन्दा केही माथि रहे । पुरुष टिम एक्युरेसीमा

आयोजक इण्डोनेसियाले स्वर्ण, कोरियाले रजत र थाईल्यउाण्डले कास्य पदक जितेका छन् । टिम एक्युरेसीमा

नेपाली पुरुष टोलीले भने १००७ अंकसहित आठौं स्थानमा चिक्त बुझाएको छ । महिला टिम एक्युरेसीमा

थाईल्याण्डले स्वर्ण, आयोजक इण्डोनेसियाले रजत र कोरियाले कास्य पदक जिते । नेपाली टिम भने ११६१

अंकसहित सातौं स्थानमा रहेर एक्युरेसीको इभेण्टलाई टुग्याएका छन् । टिम एक्युरेसीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल

र सविता तामाङले प्रतिस्पर्धा गरेका थिए ।

प्याराग्लाईडिङका अफिसियल सानोबावु सुनुवारका अनुसार ‘हामीलाई यो प्रतिस्पर्धा नयाँ हो । तर सोचे भन्दा

राम्रो प्रदर्शन गरेका छन् ।’ नेपालले पदकको आशा भने प्यारग्लाईडिङकै अर्को विधा क्रस कन्ट्रीमा गरेको उनले

बताए । क्रस कन्ट्रीमा निश्चित दुरी, उचाईमा पुगेर फर्किएर ल्याण्डिङ गर्नुपर्छ । क्रसकन्ट्रीको बिहीबार प्राक्टिस र

शुक्रबारदेखि प्रतिस्पर्धा शुरु हुने छ ।

इण्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्याराग्लाइडिङको प्रतिस्पर्धा अन्तर्गत नेपालले पदकको
आशा गरेको क्रस कन्ट्रीको प्रतिस्पर्धा भने भोलिदेखि शुरु हुने छ । पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी,
शुशिल

गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसैगरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र

सविता तामाङले प्रतिस्पर्धा गर्ने नेपाली टिमका अफिसियल शैलेन रावतले जानकारी दिए ।

दुई वर्ष अघि इण्डोनेसियामै आयोजित प्याराग्लाइडिङको क्रस कन्ट्री च्याम्पियनसिपमा नेपाली टीमले स्वर्ण पदक

जितेर फर्किएको थियो । त्यही इतिहासलाई दोहोर्याउने लक्ष्य खेलाडीले लिएका छन् । ‘हामीले पदकको आशा

पनि क्रसकन्ट्रीमा गरेका हौं । एक्युरेसी त नयाँ अनुभव गर्न पायौं ।’ प्याराग्लाईडिङका अर्का अफिसियल शैलेन

रावतले भने । उनका अनुसार क्रस कन्ट्रीमा अनुभवी पाईलट विमल अधिकारीले नेतृत्व गर्ने छन् । उनी एक्ला

नेपाली पाईलट हुन जसले प्याराग्लाइडिङको विश्वकप खेलेका थिए ।

अरु सम्बन्धित खबरहरु