१६ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता माघ दोस्रो साता

पोखरा, २ मंसिर /आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण माघको दोश्रो साता देखि संचालन हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा पोखरा रंङ्गशालाको खेल मैदानमा माघ ९ गते देखी २० गते संचालन हुने आयोजक सहारा क्लवले जनाएको छ ।

खेल संचालनको लागि अखिल नेपाल फुटबल संघले समय तालिका उपलब्ध गराएको क्लवका महासचिव विश्वराज वरालले बताए । प्रतियोगितामा विदेशी ४, विभागिय टिम सहित ए डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्रबाट १÷१ टिम र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमको सहभागिता हुने बरालले जनाए ।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ सहारा क्लबले संचालन गर्दै आएको प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरण पोषणमा खर्चिदै आएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । हाल तेश्रो व्याचको एकेडेमीमा १६ जिल्लाका २८ जना बालकहरु आश्रित छन ।

विगत २०७० साल देखि उनीहरु आवसिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी पोखरा—१७, दोविल्लामा संचालन हुदै आएको छ ।  प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ । सर्वोत्कृष्ट खेलाडी पुरस्कार हिरो ड्यास स्कुटर, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा, अफिसियल ड्रिङ्ग वाटर ईको पानी सहयोगी संस्थाहरु रहेका छन ।

कमेन्टहरु
Loading...