१५ औ आहा ! रारा गोल्डकप सफल पार्न सहयोग गर्ने क्लबहरुको प्रतिवद्धता

पोखरा, २७ पुस /सहारा क्लवको आयोजनामा पोखरामा शुरु हुन लागेको १५ औं संस्करणका आहा ! रारा गोल्डकप फुटवल प्रतियोतिगालाई भव्यतापूर्र्वक सफल पार्न यहाँका क्लवहरुले नैतीक, भौतिक तथा आर्थिक रुपले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको पूर्वाद्धमा क्लवले बुधबार फुटवल गतिविधीसंग सरोकार राख्ने पोखराका विभिन्न क्लवहरुसंग राखेको अन्र्तक्रियामा बोल्ने क्लवका पदाधिकारीहरुले यो प्रतियोगिताको आयोजक सहारा क्लव भएपनि यसको सफलता पोखरासंगै जोडिएकाले यसलाई सफल पार्न सम्पूर्ण पोखरेलीनै लाग्नुपर्नेमा जोड दिए ।

आहा ! रारा गोल्डकपले पोखरालाई अन्र्तराष्ट्रिय क्षेत्रमा फुटवलको शहरका रुपमा चिनाउनका लागि पनि यो प्रतियोगिताले महत्वपूर्ण भूमिंका निर्वाह गरेको भन्दै यसलाई सफल पार्न पोखरेलीहरु एकजुट हुनुपर्नेमा जोड दिए । अन्र्तक्रिया कार्यक्रममा कास्की जिल्ला फुटवल संघमा आवद्ध नागढुङ्गा युवा क्लव, गार्डेन एफसी, संगम एफसी, एलजी, ड्यामसाइड, भदौरे क्लव, ढिकुरपोखरी सञ्जाल, फुलवारी क्लव, विष्णुपादुका क्लव हेम्जा, शिलतज्योती क्लव लगायत क्लवका अध्यक्ष एवं पदाधीहरुले आ–आफ्नों भनाई राखेका थिए ।

कार्यक्रममा एन्फाका केन्द्रिय उप–महासचिव गणेशबहादुर भट्टराईले सहारा क्लवले फुटवल विकासमा पु¥याएको योगदानको चर्चा गर्दै अन्यले पनि सहाराको सिको गर्नुपर्नेमा जोड दिए । त्यस्तै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष एवं क्लवका आजिवन सदस्य सुनिल गुरुङ्गले सहारा क्लवकै प्रेरणामा आफुपनि खेलकुद क्षेत्रतर्पm आर्कषित भएको औल्याए । उनले क्लवलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरे । त्यस्तै संगम क्लवका महेन्द्र गुरुङ्गले क्लवको तर्फबाट १० हजार तथा व्यक्तिगत रुपमा ५ हजार सहयोग गर्ने घोषणा गरे । सो अवसरमा क्लवले भर्खरै एन्फाका पश्चिमाञ्चल अध्यक्षमा मनोनयन भएका कास्की जिल्ला फुटवल संघका पूर्वाध्यक्ष खेम गुरुङ्गलाई बधाई ज्ञापन गरेको थियो ।

कार्यक्रममा क्लवका पूर्वाध्यक्ष बसन्त थकाली, निवर्तमान अध्यक्ष विक्रम थकाली, उपाध्यक्ष केशब थापा, क्लवका मानार्थ सदस्य महेश गुरुङ्गले पनि आफ्नों भनाई राखेका थिए । क्लवल अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा भएको अन्र्तक्रिया महासचिव केशब बरालले सञ्चालन गरेका थिए । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहनेछ ।

कमेन्टहरु
Loading...