आहा रारा गोल्ड कपको तयारीका लागि मैदान सम्भार गर्दै सहारा

पोखरा, १४ पुस/सहारा क्लब पोखरा द्धारा आयोजित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताका लागि मैदान सम्भारका लागि आयोजक जुटेका छन् । ग्राउण्ड व्यवस्थापन उपसमितिले मैदानमा पानी हाल्ने देखि अन्य सम्भारका काम थालेको हो । प्रतियोगिता स्थल पोखरा रंगशालाको खेल मैदान मर्मत सम्भार, पानी हाल्ने, प्याराफिट निर्माण र मर्मत सम्भार एवँ रंगरोगनको कार्यलाई अगाडी बढाएको उपसमितिका संयोजक एव सहारा क्लबका पूर्व उपाध्यक्ष रामजी कार्कीले बताए ।

आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको १५ औ श्रृखला माघ माघ ४ गते देखि १५ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विदेशी तीन सहित १२ टिमको सहभागिता जनाउने क्लबका अध्यक्ष विरभद्र आर्चायले जानकारी दिए । पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा विकास गर्ने उद्देश्यले हुदै आएको प्रतियोगितामा विदेशी तीन टिम, विभागिय तीन टिम आयोजक एक र राष्ट्रिय स्तरका उत्कृष्ट ५ क्लहरुको सहभागीता रहने उनको भनाई छ ।

प्रतियोगिता संचालन गर्न ८३ लाख ९२ हजार ३ सय रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने प्रतियोगिताको आम्दानी एक करोड ७ लाख ८२ हजार रुपैयाँ हुने अनुमान रहेको छ । हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजन रहेको छ । माइक्रो म्याक्स मोवाइल उप प्रयोजक रहेको प्रतियोगिताको संयोजन पोखरा उपमहानगर पालिकाले गर्ने छ ।

कमेन्टहरु
Loading...