पोखरामा हुने ८ खेल स्थल तोकियो

पोखरा ६ मंसिर / १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को खेल स्थल र अभ्यास स्थल सार्वजानिक गरिएको छ । पोखरामा हुने खेल स्थान र अभ्यास स्थल समेत तयार गरिएको छ ।

पोखरामा हुने ८ खेल पोखरा रंगशाला र पोखरा भित्रका अन्य क्षेत्रमा हुने छन । पोखरा रंगशालाभित्र महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्याण्बल, र व्याडमिन्टनका खेल हुने छन । भने भारोत्तोलन पोखरा १२ माटेपानी स्थीत एस.आर केसी क्याटरिङको हलमा हुने छ । विच भलिबल र ट्राइयाथोलन पोखरा फेवाताल किनारमा हुने प्रविधिक समिति संयोजक विद्याप्रसाद मर्सानीले बताए ।

यस्तै खेलाडिको लागि अभ्यास स्थलको समेत व्यवस्था गरि सकेको छ । आर्चरी,ह्याण्बल र व्याडमिन्टन पोखरा रंगशालामै अभ्यास गरिने छ भने विच भलिबल बाराहिघाटमा तथा ट्राइयाथोलन बसुन्धरा पार्क र पुम्दी भम्दीमा हुने छ ।

महिला क्रिकेटको अभ्यास नगर विकास प्रशिक्षण केन्द्रमा हुने छ भने महिला फुटबलको लागि हेम्जामा रहेको गौरीशंकर खेलमैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतनाको खेल मैदान तोकिएको छन । तर महिला फुटबलको लागि भने सहारा एकेडेमीको खेल मैदानलाई अभ्यास स्थल बनाउने भनी पत्राचार गरे पनि तालिकामा भने सहाराको नाम नै छैन ।

प्राविधिक समितिका संयोजक मर्सानीले सहारा खेल मैदानलाई समेत अभ्यास स्थलको रुपमा राखिएको बताए । तर साग प्राविधिक समिति सचिवालयमा टासिँएको तालिकामा भने सहारा एकेडेमी खेल मैदानका नाम नै छैन हामिले खेलको लागि अभ्यास स्थल समेत तयारी अवस्थामा राखेका छौँ, खेलाडी आएर अभ्यास गर्न सक्छन ’ मर्सानीले भने ।

कमेन्टहरु
Loading...