सागमा नेपाल पाचौं स्थानमा, चौथो दिन नेपाललाई एक स्वर्ण, एक रजत र दुई काश्य प्राप्त

सन्देश श्रेष्ठ
भारत, सिलोङ, पोखरा, २५ माघ/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको पदक संख्या १३ पुगेको छ ।

तेश्रो दिनको खेल सकिदासम्म नेपालले १ स्वर्ण, ४ रजत र ८ काश्यसहित कुल १३ पदक जित्दै पदक तालिकाको पाचौं स्थानमा कायमै छ । नेपालले आज चौथो दिन उसुमा एक स्वर्ण, एक रजत, स्विमिङ्गमा र व्याडमिन्टनमा एक÷एक काश्य जित्यो ।

जारी प्रतियोगितामा भारत ४८ स्वर्ण, १८ रजत र ६ काश्यसहित कुल ७२ पदक जित्दै पदक तालिकाको पहिलो स्थानमा यथावत छ ।

त्यस्तै, श्रीलंका ११ स्वर्ण, २७ रजत र २३ काश्यसहित कुल ६१ पदक जित्दै दोश्रो, पाकिस्तान ४ स्वर्ण ११ रजत र १४ काश्यसहित कुल २९ पदक जित्दै तेश्रो, बंगलादेश ३ स्वर्ण, ५ रजत र १९ काश्यसहित कुल २७ पदक जित्दै चौथो, अफ्गानिस्तान २ रजत र ५ काश्यसहित कुल ७ पदकसहित कुल १४ पदक जित्दै पदक तालिकाको छैटौं स्थानमा र मालदिभ्स १ काश्यसहित पदक तालिकाको पुछारमा रहेको छ । भुटानले भने चौथो दिनको खेल सकिदासम्म खाता खोल्न सकेको छैन ।

कमेन्टहरु
Loading...