सफल पोखरा म्याराथनको १२ औं संस्करण फागुन ७ मा

पोखरा , २९ पुस/पोखरामा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्यसहित १२ औं सस्करणको सफल पोखरा म्याराथन फागुन ७ गते हुने भएको छ । नेपाल भुतपुर्व खेलाडी मन्चले प्रजातन्त्र दिवसको दिन पोखरा रंगशाालामा म्याराथन गर्ने तयारी थालेको छ । म्याराथनसँगै छोटो दुरीको लागि १० किलोमिटर, विद्यार्थीको लागि ५ किलोमिटर दौड समावेश गरिएको छ ।
सफल दूधको प्रायोजनामा आयोजित म्याराथन भने दोस्रो संस्करण हो ।

गतवर्षदेखि सम्झौता गरेर खेलकुद क्षेत्रमा समेत आफनो सहभागिता देखाएको सफल दूधले दोस्रो सस्करणमा केही नयाँ विधा थप गरेको हो । यो वर्ष दृष्टिविहीनको १ सय मिटर दौड, अपांगता भएका खेलाडीलाई प्रवद्र्धन गर्न पुरुषको ४ सय मिटर ह्वीलचियर दौड र १ सय मिटर महिला ह्वीलचियर दौड समेत समावेश गरिएको नेपाल भुतपुर्व खेलाडी मन्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

पोखरालाई स्पोर्टस टुरिज्म सिटीको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न आवश्यक गृहकार्य समेत भईसकेको उल्लेख गर्दै अध्यक्ष गुरुङले त्यसको लागि एड्भेन्चर स्पोटर््स नेपाल प्रालि सगँ सम्झौता गरे । गतवर्षको सँस्करणमा अधिकांश नेपाली सेनाका धावकको बर्चस्व रहेको थियो । तीन विभागीय टोलीका खेलाडीको बाहुल्यता रहने भएपनि उनीहरुको चुनौति अन्य जिल्लाबाट सहभागि हुने धावकले दिने छन् ।

यो वर्षको सस्करणमा पुरस्कार राशीमा केही थपिएको छ । म्याराथन धावक विजेताले नगद ७० हजार रुपैयाँ पुरस्कार थाप्ने छन् । गतवर्षभन्दा १० हजार बढी हो । त्यस्तै उपविजेताले ४५ हजार, तेस्रो हुनेले ३० हजार र चौथो हुनेले १० हजार पुरस्कार पाउने छन् । १० किलोमिटर पुरुष तर्फको प्रतिस्पर्धीले १५ हजार, दोस्रोले १० र तेस्रो स्थानमा आउनेले भने नगद ५ हजार रुपैयाँ पुरस्कार पाउने भुतपुर्व खेलाडी मन्चले पत्रकार सम्मेलनमा मार्फत जनाएको छ ।

५ किलोमिटर छात्राछात्र दौडमा पनि धावकहरुले नगद ५, ३ र २ हजार पुरस्कार प्राप्त गर्ने छन् । १ सय मिटर दृष्टिविहीन दौड, ४ सय मिटर पुरुष ह्वीलचियर र १ सय मिटर ह्वीलचियर महिला दौडलाई पनि समान नगद ५, ३ र २ हजार पुरस्कार प्रदान गरिने छ । पोखरा रंगशालाबाट शुरु भएको म्याराथन पोखरा रंगशालाबाट सुरु भई विरौटा, हल्नचोक, जिरोकिलोमिटर, बगर, महेन्द्रपुल, रानीपौवा, भद्रकाली, मियाँपाटन चाउथे, विराता चोक, भोटे चौतारा, ढुङ्गेसाँघु, मतगौडा, घारीपाटन, चोरसाँघु हुदै रंगशाला पुग्ने छ ।

कमेन्टहरु
Loading...