११ औं हिसान स्र्पोट्स मिटको च्याम्पियन न्यू ग्यालेक्सी

पोखरा, १२ पुुस /पोखरामा जारी ११ औं स्र्पोट्स मिट २०७४ को उपाधी न्यू ग्यालेक्सी माबी नदीपुरले हात पारेको छ । छात्र–छात्रा भलिबल, बास्केटबल र टेनिसका खेलहरुमा न्यू ग्यालेक्सीले जितका अधारमा उच्च अंक बटुल्दै च्याम्पियन बनेको हो ।

मंगलबार सम्पन्न छात्र बास्केटबलमा पोखरा माबीले फाइनलमा न्यू ग्यालेक्सीलाई ५६–४६ को स्कोरमा पराजित गर्यो भने प्रतिभा माबीले तेश्रो स्थान प्राप्त गरेको छ । छात्रा बास्केटबलमा माउन्ट अन्नपुर्ण माबीले फाइनलमा ग्लोबल कलेजियटलाई ३०–१७ अंकले पाखा लगायो । त्यसै गरि तेश्रो स्थानका लागि भएको खेलमा न्यू ग्यालेक्सीले सगरमाथा माबीलाई ४३–११ को अंकले हरायो ।

छात्र बास्केटबलमा डेभिड पुन सर्वोत्कृष्ट खेलाडी घोषित भए भने समग्र खेलमा न्यू ग्यालेक्सीका जोन रानाले सर्वाधिक अंक बटुले । छात्रा तर्फ भने माउन्ट अन्नपुर्णकी कृष्णा पुन वेष्ट प्लेयर घोषित भइन भने सोही विद्यालयकी बिनिता पुन वेष्ट स्कोरर बन्न सफल रहिन ।

बिजेता टिम तथा खेलाडीलाई प्रतिनिधी सभा सदस्य रबिन्द्र अधिकारी, नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ, प्याब्सन प्रदेश नं ४ का संयोजक माधबशरण उपाध्याय, उप जिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकाल, बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुम गुरुङ, प्रतियोगिताका संयोजक रमाकान्त बराल, एन प्याब्सानका कास्कीका अध्यक्ष राम बहादुर मोची लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम हिसान कास्कीका अध्यक्ष रामजी शमाको अध्यक्षतामा भएको थियो ।

पोखरा रंगशालामा पुष ८ गते बाट जारी ११ औ हिसान स्र्पोट्स मिटमा हिसान कास्कीमा आवद्ध कास्कीका ६० विद्यालयहरुमा अध्ययनरत मध्ये २ हजार ५ सय विद्यार्थीहरु छात्र÷छात्रा भलिवल, छात्र÷छात्रा बास्केटबल र टेबुल टेनिस छात्र/ छात्रा सिंगल्स, छात्र÷छात्रा मिक्स डबल्सका खेलहरुमा प्रतिष्पर्धा गरेका थिए । हिसान कास्कीले स्र्पोट्स मिटको निरन्तरता दिनुको मुख्य उद्धेश्य आफ्ना कलेज तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलमा प्रतिष्पर्धाको अवसर प्रदान गर्दै उनीहरुका बिचमा आपसी मित्रता अभिवुद्धि गर्नु रहेको बताएको छ ।

कमेन्टहरु
Loading...