ह्याण्डबलमा नेपाली महिला टोली पहिलो पटक फाइनलमा, भारत संग भिड्ने

पोखरा/ घरेलु भूमीमा आयोजना गरेको १३ औं एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल पहिलो पटक फाइनलमा पुगेको छ । शनिबार भएको महिलातर्फको सेमिफाइनलमा पाकिस्तानमाथि कठिन जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।

पाकिस्तान विरुद्धको खेलमा २२–२१ अन्तरको गोलले नेपाली महिला टोली फाइनलमा भाग्मानी टिम सावित भयो । नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् । नेपालले स्वर्ण पदकका लागि आइतबार भारतसग फाइनल खेल्नेछ ।

यता, शनिबार नै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४१–१३ गोल अन्तरले जित हासिल गर्दै फाइनल पुगेको छ । भारतका लागि सर्वाधिक गोल उमा र सोनिकाले सर्वाधिक समान ६ गोल गरे ।

पुरुष ह्याण्डबलमा भारत र पाकिस्तान फाइनलमा

साग खेलकुद अन्तरगत पुरुष ह्याण्डबलको फाइनलमा भारत र पाकिस्तान प्रवेश गरेको छ । भारतले श्रीलंकालाई र पाकिस्तानले बंगलादेशलाइए हराउदै फाइनल पुगेको हो ।

शनिबार भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३९–३२ गोलले हराउदै फाइनल पुगेको हो । भारतका लागि सर्वाधिक दिपक र नविन सिंहले सर्वाधिक समान ७ गोल गरे । त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले बंगलादेशमाथि २७–१७ ले गोल गर्दै फाइनल पुगेको हो । मोहम्मद उजिर आतिफले सर्वाधिक ७ गोल गरे ।

आइततबार भारत र पाकिस्तान स्वर्णका लागि फाइनल खेल्नेछ । त्यस्तै, कास्य पदकका लागि श्रीलंका र बंगलादेश खेल्नेछ । सागको ११ औं संस्करणदेखि पुरुष ह्याण्डबल खेलले प्रवेश पाएको हो । जसमा ११ औं संस्करणमा पाकिस्तान स्वर्ण विजेता र भारत रजत पदक विजेता बनेको थियो । १२ औं संस्करणमा भारत स्वर्ण विजेता र पाकिस्तान रजत पदक विजेता हो ।

कमेन्टहरु
Loading...