ह्याण्डबलः महिला पुरुष सेमिफाइनल समिकरण पुरा

पोखरा, २० मंसिर / १३ औं साग अन्तरगत महिला ह्याण्डबलको सेमिफाइनल समिकरण पुरा भएको छ । आयोजक नेपाल, बंगलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा पुगेको छ । समुह ए बाट भारत समुह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

समुह बी बाट नेपाल समुह विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा आयोजक नेपाल र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।
सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बंगलादेश फाइनलका लागि भिड्नेछन् ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको समुह चरणको अन्तिम खेलमा भारत र बंगलादेशले आ–आफ्नो खेल जित्दै सेमिफाइनल पुगेको हो । पहिलो खेलमा भारतले पाकिस्तानलाई ४५–२४ ले हराउदै समुह बिजेता बन्यो । भारत र पाकिस्तानबीचको खेल विजेता र उपविजेताको लागि मात्र थियो । समुह ए को माल्दिभ्स भने भारत र पाकिस्तानसग हार्दै बिहीबार नै प्रतियोगिताबाट बाहिरिएको थियो ।

समुह बी अन्तरगत समुह चरणको अन्तिम खेलमा बंगलादेशले श्रीलंकामाथि ३४–१३ गोलको जित निकालेर समुह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले भने श्रीलंका र बंगलादेशसगको लगातार दुई खेल जित्दै समुह चरणको विजेता बनेर सेमिफाइनल पुगिसकेको छ ।

पुरुष ह्याण्डबलको सेमिफाइनलमा, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका

साग खेलकुदको ह्याण्डबलमा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सेमिफाइनल पुगेको छ । समुह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई जितेपछि समुह ए बाट भारत विजेता र उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

समुह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई ४७–१५ गोल गरेको हो । त्यस्तै, समुह बी बाट पाकिस्तान र श्रीलंका सेमिफाइनल पुगेको छ । समुह चरणको अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई ४२–२० गोल गर्दै विजेता बनेर सेमिफाइनल यात्रा गरेको छ । सेमिफाइनलमा पाकिस्तानले बंगलादेश र भारतले श्रीलंकाबीच शनिबार सेमिफाइनल खेल हुनेछ ।

कमेन्टहरु
Loading...