सिरि ‘ए’ मा आज एकै दिन दस खेल हुँदै (पूरा समय तालिका सहित)

पुस ११
इटालियन सिरी ‘ए’ फुटबलमा आज एकै दिन १० खेल हुँदैछन् । लिगको १८औं चरणका खेलअन्तर्गत आज एकै दिन १० खेल हुन लागेका हुन् ।

आज लिगका २० वटै टोलीले आ–आफ्नो खेल खेल्नेछन् । यी खेलपछि १८औं साताका खेल हुनेछन् अनि सिरी ‘ए’ मा नयाँ वर्ष बिदा हुनेछ ।

आज हुने खेलमा लिग लिडर युभेन्टस र एट्लान्टा, बोलोग्ना र लाजियो, रोमा र सास्सुलो तथा इन्टर मिलान र नापोलीको खेल मुख्य आकर्षको केन्द्रमा हुनेछन् ।

हाल लिगमा समान १७ खेलपछि युभेन्टस ४९ अंकसहित शीर्ष स्थानमा छ । ४१ अंक भएको नापोली दोस्रो स्थानमा छ भने इन्टर मिलान ३३ अंकसहित तेस्रो तथा २८ अंक भएको लाजियो चौथो स्थानमा छ । २७ अंक भएको एसी मिलान पाँचौंमा छ ।

आज हुने खेल र समय :

फ्रोसिनुन भर्सेस एसी मिलान – साँझ ५ः१५ बजेदेखि

फियोरेन्टिना भर्सेस पार्मा – राति ७ः४५ बजेदेखि

क्यागलिरी भर्सेस जेओना – राति ७ः४५ बजेदेखि

बोलोग्ना भर्सेस लाजियो – राति ७ः४५ बजेदेखि

एट्लान्टा भर्सेस युभेन्टस – राति ७ः४५ बजेदेखि

साम्पडोरियाविरुद्ध चिइभो – राति ७ः४५ बजेदेखि

टोरिनो भर्सेस इम्पोली – राति १०ः४५ बजेदेखि

रोमा भर्सेस सास्सुलो – राति १०ः४५ बजेदेखि

एसपिएसल भर्सेस उडिनेस – राति १०ः४५ बजेदेखि

इन्टर मिलान भर्सेस नापोली – राति १ः१५ बजेदेखि

कमेन्टहरु
Loading...