साग महिला फुटबलः भारतलाई स्वर्ण नेपाललाई रजत

पोखरा, २३ मंसिर आयोजक नेपाललाई हराउदै भारतले १३ औ दक्षिण एसियाली महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २ –० ले पराजित गर्दे १३ औ साग महिला फुटबलमा स्वर्ण हात पारेको हो ।
भारतको जितमा स्ट्राइकर एनजि बाला देवीले दुवै गोल गरेकी थिईन ।

उपाधि जिताउन एनजि बाला देवीले नायकत्व प्रर्दशन गरिन । उनले खेलको १८ औ मिनेटमा खाता खोल्दै भारतलाई अग्रता दिलाएकी थिइन । नेपालको डिफेन्सले मिस गरेको बल क्याच गर्न पुगेकी गोलकिपर एञ्जिला थुम्बापो अगाडि बढेकोले एनजि बाला देवीलाई गोल गर्न सहज भएको हो ।

त्यस्तै दोस्रो हाफको १० औ मिनेटमा भारतका एनजि बाला देवीले नै गोल गर्दे भारतको लािग गोल दोब्बर पारेकी थिईन । नेपालको गोलकिपर एञ्जिला आजको खेलमा अगाडी बढेर खेलेका थिए । त्यसको फाइदा लिदै एनजी बाला देवीले दोस्रो गोल गर्न सफल भईन ।

खेलको ६ औ मिनेटमा नेपालका स्ट्राइकर साम्बाले विपक्षीको डिबक्सभित्र बाट दिएको पासलाई सदुपयोग गर्न नसक्दा नेपालले गोलको अग्रता लिने मौका गुमाएको थियो । घरेलु मैदानमा दर्शकको साथ पाएको नेपालले खेलमा जादु देखाउन सकेन ।

खेलको २१ औ मिनेटमा नेपालका डिफेन्डर अस्मिताले सेन्टर नजिकबाट गरेको प्रहार क्रसबार बाट बाहिरिएको थियो । सो बलले बाहिरबाट जालीमा लाग्दा उपस्थिीत दर्शकहरु गोल भन्दै चिच्याएको थियो । तर बलले जाली चुमे पनि बल भुइमा झरे पछि गोल नभएको थाहा पाए । निराश हुदै एकछिन रंगशाला सन्नाटा छायो ।

सावित्रा भण्डारीको भरमा नेपालले पुरा खेल खेलेको स्पष्ट देखिन्थ्यो । अर्थात टीम गेम खेल्नै सकेन । यता भारतको भने खेलाडीहरुमा तालमेल निकै मिलेको देखिन्थ्यो । एक गोलले पछि परेको नेपालले दोस्रो हाफको केहि मिनेट भारतलाई प्रेसरमा राखे पनि खेलमा फर्कन भने सकेन ।

दोस्रो हाफको ४ औ मिनेटमा भारतका क्याप्टेन अस्हल्ता देविले सावित्रालाई डिबक्सभित्र लडाउँदा पेनाल्टीको अपिल गरेको थियो । तर त्यसलाई रेफ्रीले फल नै दिएन । त्यस्तै ५ र ६ औ मिनेटमा नेपालले पाएको अर्को अवसरलाई सदुपयोग गर्न सकेन । खेलको ३१ औ मिनेट नेपालका मिडफिल्डर अनिता बस्तेतका ठाउँमा मन्जली कुमारी योन्जोनलाई मैदानमा उतारे पनि उनले खासै सन्तुष्टी हुने खेल देखाउन सकिनन् ।

आजको खेलमा भारतीय महिलाहरु निकै फिट देखिन्थ्यो भने नेपाली खेलाडी शारीरिक रुपमा अलि थाकेको भान भएको थिए । आयोजक राष्ट्र नेपालले घरेलु दर्शक,मैदान र हावापानी सबैको साथ पाए पनि खेलमा गोल गर्न नसक्दा भारतलाई उपाधि सुम्पन्न बाध्य भयो । नेपालले रजतमा चित्त बुझाउन प¥यो ।

खेलको अन्तिम सम्म रंगशालामा भरिएका दर्शकले लगातार नेपालको हौसला बढाइरहेका थिए । तर नतिजा उनीहरुको निम्ति अमिलो नै रह्यो । दुइ दिन अघि सम्पन्न खेलमा मालदिभ्सले कास्य पदक प्राप्त ग¥यो ।

कमेन्टहरु
Loading...