सागमा ४ सय ९१ जना प्राविधिक अफिसियल पोखरा आउने, सजिदैँ रंगशाला

पोखरा ८ मंसीर / १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को लागि ४ सय ९१ जनाप्राविधिक अफिसियल पोखरा आउने भएका छन् ।

मंसीर १५ गते देखि आयोजना हुने सागको खेल संचालक तथा निर्णयकहरु पोखरा आउने भएका छन् । पोखरामा हुने विभिन्न ८ खेलका लागि ४ सय ९१ जना प्राविधिक अफिसियल आउने भएकाहुन् ।

पोखरामा हुने खेलहरुको लागि टेक्निकल प्रतिनिधी ८ जना, टुर्नामेन्ट डाइरेक्टर २४ जना, सहायक टुर्नामेन्ट डाइरेक्टर र जुरी कमिटिका ४४ जना, रेफ्रि तथा जज ८५ जना, राष्ट्रिय रेफ्रि एक सय ३६ जना, टेक्निकल सहायक एक सय ९४ जना गरी ४ सय ९१ जना खेल संचालनको लागि टेक्निकल टोल ीपोखरा आउने भएका हुन् ।

पोखरामा हुने महिला क्रिकेटको लागि ६२ जनाको प्रविधिक अफिसियल, महिला फुटबलको लागि ५० जना, आर्चरीको लागि ५३, ब्याडमिन्टनको लागि ९४, ह्याण्बलको लागि ५९, विच भलिबलको लागि ६५, भारोत्तोलनको लागि ६८ र ट्राइयाथोलनको लागि ४० जनाको टेक्निकल अफिसियल आउने भएकाहुन् ।

सागको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय टेक्निकल टोली पोखरामा खेल संचानलको लागि आउने छन् । पोखरामा हु्ने प्रतियोगिताको लागि अहिले पोखरा रंगशालालाई सजाउने काम समेत निकै अघि बढेको छ । रंगशालाको मुख्य प्रवेशद्घार देखि नै सजावटको काम अघिबढेको छ । पोखरा रंगशालामा अहिले पुर्वाधार निमार्णको कार्य तिव्रताका साथ अघिबढेको छ ।

सागआउन ६ दिनमात्र बाकी रहेको छ । रंगशालाभित्र रहेको पुर्वाधारहरुमा रंगरोगनगर्ने देखि लिएर अव्यवस्थित रहेको खालीजग्गालाई समेत सम्याउने देखि गार्डेन बनाउने सम्मका कामहरु भएकाछन् ।

पोखरामा साग संचालन गर्नको लागि व्यवस्थापन देखि लिएर अतिथि सत्कारको लागि समेत सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको छ । रंगशाला छिर्ने मुख्यद्धारको दुवै छेउमा फुलहरु समेत राखिएको छ ।

कमेन्टहरु
Loading...