सागको ह्यान्डबल सुरु, महिला ह्याण्डबलमा नेपालको विजयी शुरुवात

पोखरा, १८ मंसिर / १३ औं संस्करणको साग खेलकुदअन्तरगतह्याण्डबल खेल शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्डव हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु नेपालले श्रीलंकामाथि २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको हो ।

नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन् । उमाले सबै गोल पेनाल्टीबाट गरेकीहुन् । त्यसपछिकविता राईले ६ गोल गर्दै उत्कृष्टप्रदर्शन गरिन् । नेपालको निषा राई र कल्पनावलीले समान ४ गोलको योगदानगरिन् । कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरे । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदादिए ।

उता, श्रीलंकाको तर्फबाटभने रुवानीडीले सर्वाधिक७गोल गरिन् । त्यसपछि, नाडे र सासले समान ३ गोलको योगदानदिए । हार्सिकाउदय र दिलुक्सीएमले समान २ गोल गरे । उमासिका र चानिकले समान १ गोलको योगदान दिए । विजेता नेपालको तर्फबाटनिषा राईले टोलीका लागि गोलको खाता खोलेकी थिइन् ।

त्यसपछि कविता राईले टोलीलाई अग्रता दिलाए । श्रीलंकाको तर्फबाटभने जयासिंघे अराच्चिगेले गोलको खाता खोलेकी थिइन् । लोकुरु वाडुभिडानालागे नाडेले दोस्रोव गोल गरेकी थिइन् ।
घरेलु मैदानको फाइदा उठाउदै घरेलु नेपाली टोलीले विपक्षी श्रीलंकनलाई खेल अवधिभर पूरै दवावमा राख्न सफल रह्यो ।

तुलनात्मक रुपमा नेपालीखेलाडीभन्दाश्रीलंकन खेलाडीहरुलाई उचाईमा साथदिएपनि नेपाली खेलाडीहरुको तिब्र गतिको खेलले सफलता हात लागेको प्रशिक्षक कृष्णशाक्यले प्रतिक्रिया दिए । टोलीले बनाएको रणनीतिक योजना अनुसार खेलाडीले खेलेका कारण सफलता हात लागेको प्रशिक्षक शाक्यले प्रतिक्रिया दिए ।

श्रीलंकन प्रशिक्षक नेनान्दले नेपाली टोलीलाई बधाई दिए । उनले नेपाली महिला ह्याण्डबल टोलीको खुलेरै प्रशंसा गरे । नेपाल जितको हकदार रहेको उनको प्रतिक्रिया थियो । नेपालको निषा राई र उमा राईलाई रेफ्रीले पहेंलो कार्ड दिए । श्रीलंकाको मुख्य प्रशिक्षक समेत रहेका नेनान्द सहित हार्सिका उदयलाई पहेंलो कार्ड पाए ।

कमेन्टहरु
Loading...