सन्दिप लामिछानेलाई ७५ लाखमा बिग बास खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दिप लामिछाने आइपीएल पछि विश्वकै दोस्रो चर्चित क्रिकेट प्रतियोगिता बि बास खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दिप अष्ट्रेलियाको चर्चित घरेलु टि २० बिग बासका लागि अनुबन्धित भएका छन् । उनी बिग बास खेल्ने एसोसियट राष्ट्रकै पहिलो खेलाडी पनि बन्न सफल भएका छन् । बिग बास डिसेम्बर १९ देखि सुरु हुँदैछ ।

गत बर्ष इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सको प्रतिनिधित्व गरेसंगै सन्दिप विश्वभरका ट्वान्टी(२० लिगमा सहभागी हुँदै आएका छन्। क्यानडाको ग्लोबल टि(२०, क्यारेबियन प्रिमियर लिग (सिपिएल), अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेलीसकेका सन्दिप केहि महिनापछि आयोजना हुने टि(१० लिगका लागि समेत छनौट भएका छन्।

अष्ट्रेलियाको घरेलु टि(२० प्रतियोगिता बिग बासका लागि सन्दिप लामिछानेलाई मेलबर्न स्टारले अनुबन्धन गरेको हो। उनले बिग बास लिग खेल्ने आफ्नो सपना रहेको समेत समय समयमा बताउंदै आएका थिए।

यो प्रतियोगिताबाट सन्दिपले ७५ लाख रुपैयाँ पारिश्रामिक पाउने बताइएको छ । सन्दिप आवद्ध मेलबर्न स्टारबाट ग्लेन म्याक्स्वेल, मार्कस स्टोइनिस, पिटर ह्यान्डसकम्ब, एडम जाम्पा, केभिन पिटरसन् जस्ता स्टार खेलाडीले खेलिसकेका छन्। स्टार्सले अहिलेसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

कमेन्टहरु
Loading...