व्याडमिन्टन हलमा म्याट राखियो, उदघाटन खेलको पखाई

पोखरा, १३ मंसिर / १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत व्याडमिन्टन खेलको पूर्व सन्ध्यामा म्याट विछ्याईएको छ । नव निर्मित व्याडमिन्टन कभर्ड हलमा सागकै लागि नयाँ म्याट राखिएको हो ।

चारवटा कोर्टयुक्त हलमा सागकै लागि तीन वटा कोर्ट तयार गरिएको छ । तीन वटा कोर्टमा सातै देशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । आईतबारदेखि व्याडमिन्टनको प्रतिस्पर्धा शुरु हुने छ । तीन वर्ष अघि निर्माण शुरु गरिएको हल सागको पूर्वसन्ध्यामा आईपुग्दा तयार भएको हो ।

हलभित्र लाइटिंग व्यवस्था गरिसकिएको छ । हलको निर्माणसँगै कास्की जिल्ला व्याडमिन्टन संघले आगामी वर्षदेखि व्याडमिन्टन एकेडेमी नै शुरु गर्ने लक्ष्यसहित हल निर्माण गरेको हो ।

भित्र र बाहिर सिसी क्यामेरा समेत जडान गरिएको छ । सुरक्षाको दृष्टिकोणले हलसँगै पोखरा रंगशालाको विभिन्न ठाउँमा सिसी क्यामेरा जडान गरिएको छ ।
तस्बिरः ई प्रनिस ताम्राकार

कमेन्टहरु
Loading...