लेखनाथको भण्डारढीकमा हुने आदर्श कपको तयारी पुरा

लेखनाथ, १८ भदौ/ लेखनाथको भण्डारढीकमा भाद्र २० गते देखी हुन गईरहेको २४ औं सस्करणको रिद्धिसिद्धि

आदर्श कपको तयारी पुरा भएको छ । भाण्डारढीकको विशाल खेल मैदानमा ७ दिन सम्म चल्ने कपमा राष्ट्रिय

स्तरका ८ वटा क्लवले भाग लिएका छन् । हरितालिका तिजको अवसरमा हुन लागेको प्रतियोगिताको सम्पुर्ण

तयारी पुरा भएको आदर्श यु्वा क्लवका अध्यक्ष लक्ष्मी भण्डारीले जानकारी दिए । फूतवलका लागी प्याराफिट

वनाउने, तारवार लगाउने र प्रचार प्रशारको काम समेत सकिएको उपाध्यक्ष तथा प्रचारप्रशार संयोजक किसान

गुरुङ्गले वताए । करिव ६ वर्ष पछी फूटवल गर्न लागिएको हँुँदा केही कमी भएपनी खेललाई उत्कृष्ठ वनाइने

आदर्श युवा क्लवका सचिव पदम गुरुङ्गले बताएका छन् ।

आदर्श कपको खेल तालिका सार्वजनीक, उदघाटन खेलमा आदर्श र तनहुँ फुटबल संघ
आदर्श कपको खेल 

प्रतियोगितामा आयोजक आदर्श क्लबले छिमेकी तनहुँ फुटबल संघको चुनौतिलाई उद्घाटन खेल खेल्ने छन् ।

आयोजक आदर्श क्लबले मनाङ र नेपाल पुलिस क्लबका खेलाडीलाई टोलीमा समाहित गरेको छ । खेलाडी भने

लेखनाथकै हुन् । सात वर्षपछि हुन लागेको प्रतियोगितामा नेपाल पुलिसका डिफेन्स अजित भण्डारी घरेलु

मैदानमा सातवर्षपछि नै आयोजकको जर्सीमा उत्रिने छन् । उनीसँगै विसन गुरुङ, विमल राना र सुवास तामाङ

तथा भारतीय सेनाबाट विदा लिएर फुटलब खेल्ने आएका मनिष तामाङलाई टोलीमा समावेश गरिएको छ ।

दोस्रो खेल पोखरा ११ ले स्याङजा फुटबल संघसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो खेल शसस्त्र प्रहरी बलले विग्रेड

व्वाईज क्लबसँग खेल्ने छ भने चौथो खेल बाग्लुङ फुटबल संघले जावलाखेल युथ कलबसँग प्रतिस्पर्धा गर्ने छ ।

२०६७ सालपछि फेरी भण्डारढीक खेलमैदानमा फुटबलको माहौल सृजना हुने छ । २३ औं संस्करण टुग्ंयाएर

मैदान निर्माण एवं प्यारापिट निर्माणमा जुटेको आदर्श क्लबले भौतिक पुर्वाधार तयार पारेपछि पहिलो

संस्करणको रुपमा फुटबल प्रतियोगिता शुरु हुने छ ।

२४ औं सस्करणलाई अम्बे सिमेन्ट प्रालिले मुख्य प्रायोजन गरिदिएको छ । उत्पादनको तयारी गरेको रिद्धिसिद्धी

सिमेन्टले प्रतियोगिताको टाईटल प्रायोजन गरेको छ । सम्झौता केवल एकवर्षको लागि मात्रै गरिएको छ ।

प्रतियोगितामा आयोजक आदर्श क्लब, कास्की ११, बाग्लुङ फुटबल संघ, स्याङजा फुटबल संघ, तनहुँ फुटबल

संघसँगै शसस्त्र प्रहरी बलको एपीएफ क्लब, ब्रिगेड व्वाईज क्लब र जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुने छ

। तीन लाख नगद पुरस्कार राशीको उपाधि विजेताले जित्ने छ । उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ

पर्ने छ ।

उत्कृष्ठ खेलाडीले नगद २५ हजार पाउने छन् । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले नगद

१० हजार रुपैयाा पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ

पुरस्कार स्वरुप प्रदान गरिने क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...