रोनाल्डो रियल मड्रिडको पनि सर्वाधिक गोलकर्ता

काठमाडौं, पुस १५
यसै सिजनको सुरुमा रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो वर्ष २०१८ को दोस्रो सर्वाधिक गोलकर्ता बने ।

वर्ष २०१८ भरिमा उनले पूर्वक्लब रियल मड्रिड, युभेन्टस र पोर्चुगलका लागि गरेर कूल ४९ गोल गरे । जारी सिजन उनी युभेन्टसका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले सबैखाले प्रतियोगिता गरेर नयाँ क्लबका लागि कूल १५ गोल गरेका छन् । उनले सिरी ‘ए’ मा १४ र च्याम्पियन्स लिगमा १५ गोल गरेका छन् ।

यसैबीच, रोनाल्डो पूर्वक्लब रियल मड्रिडको पनि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले रियलका लागि सन् २०१८ भरिमा गरेको गोलका आधारमा रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका हुन् ।

रोनाल्डोले गत समर सिजनसम्ममा रियलका लागि कूल २८ गोल गरेका थिए, जुन अहिलेको अवस्थामा रियलका कुनै पनि खेलाडीले गरेको गोल संख्याभन्दा बढी हो ।

रियलमा अहिले २७ गोलसहित वेल्स स्टार ग्यारेथ बेल अगाडि छन् । उनीभन्दा माथि रोनाल्डोको २८ गोल छ । रोनाल्डोले रियल छाडे पनि उनले २०१८ मा रियलको जर्सीमा गरेको गोलका आधारमा उनी रियलको सर्वाधिक गोलकर्ता बनेका हुन् ।

रोनाल्डो यसै सिजनको सुरुमा १ सय १६ मिलियन युरोमा रियल छाडेर युभेन्टस पुगेका थिए । ३३ वर्षीय रोनाल्डो अहिले इटालीमा उच्च लयमा छन् । उनले युभेन्टसलाई लगातार कीर्तिमानी जित दिलाउन महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेका छन् ।

तथ्यांक नै हेर्दा पनि नयाँ लिग र नयाँ टिमसँग रहेर उनले १५ गोल गरिसकेका छन् । यो युभेटन्सको इतिहासमा कुनै पनि खेलाडीले डेब्यु सिजनमा गरेको हालसम्मकै धेरै गोल हो । तर, रोनाल्डोका लागि त अझै आधा सिजन बाँकी नै छ । आधा सिजनमा उनले कति गोल गर्छन्, त्यो अहिले अनुमान गर्न कठिन हुन्छ ।

रोनाल्डोले सिरी ‘ए’ मा १५ गोल गर्दै ८ गोलका लागि पाससमेत मिलाएका छन्, जुन युभेन्टसका लागि यो सिजनको सर्वाधिक असिस्ट पनि हो ।

कमेन्टहरु
Loading...