यस्तो बन्यो पोखरा फुटबल मैदान, १३ औं साग तयारी तीब्र

पोखरा, १३ मंसिर / १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा हुने ८ खेलका लागि आवश्यक पुर्वाधार तयारी अन्तिम चरणमा पुगेको छ ।

पोखरा फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुँदैछ । साग फुटबल प्रतियोगिताका लागि १० हजार दर्शक क्षमताको प्यारापिट सहित फुटबल मैदान तयार भएको छ ।

पोखरा रंगशालाको मुख्य गेट रंगरोगन गरेर चिटिक्क पारिएको छ । विदेशी खेलाडी तथा प्रतिनिधिहरुको स्वागतका लागि पोखरा सिंगार्ने काम भइरहेको छ । यो सबै हेर्दा जो कोहीलाई लाग्छ, पोखरामा सागको तयारी भब्य भइसकेछ ।

तर रंगशालाको गेटबाट भित्र प्रवेश गरे पछि अहिले पनि धमाधम काम भइरहेको छ । महिला क्रिकेट हुने पोखरा क्रिकेट रंगशाला पनि उस्तै छ । कास्की क्रिकेट संघले ९० प्रतिशत काम सकिएको दाबी गरेपनि त्यसअनुसार काम भएको देखिँदैन ।

अभ्यासका लागि बनाउन लागिएको क्रिज भर्खरै ‘वेल्डिङ’ गर्ने काम भइरहेको छ । प्याराफिट जडानका काम पनि भइरहेको छ । त्यसै गरि ह्यान्डबल, व्याटमेण्टीन, विच भलिबलको मैदान निमार्णको अन्तिम चरणमा छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले तयारी अन्तिमचरणमा पुगेको बताए ।

पोखरामा विदेशी खेलाडीहरु आउन थालिसेका छन् । साग खेलकुद अन्र्तगत पोखरामा महिला फुटबल, महिला क्रिकेट, ट्रायथोलन, आर्चरी, बिच भलिबल, ह्यान्डबल, ब्याटमिण्टन र भारत्तोलनका खेल हुनेछन् ।

पोखरामा ४८ स्वार्ण सहित कुल ९ सय ४६ पदकका लागि प्रतिस्पर्धा हुने छ । ८ खेलका लागि ६ सय ७६ खेलाडी सहभागी हुँदै छन् । प्रतियोगितामा ७ देशका खेलाडीको सहभागीता रहने छ । महिला खेलाडी ४ सय ४ जना र पुरुष खेलाडी २ सय ७२ जना रहने गुरुङले जानकारी दिए । हतारमा तयारी हुदाँ काम भने धेरै गर्न नै बाकी छ ।

कमेन्टहरु
Loading...