महिला ह्याण्डबलमा नेपाललाई रजत, भारतलाई स्वर्ण

पोखरा, २२ मंसिर / १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत ह्याण्डबल खेलको सम्पन्न फाइनलमा नेपाल भारत संग पराजित हुँदै कास्य पदकमा सिमित भएको छ भने भारत उपाधी रक्षा गर्न सफल भएको छ ।

नेपालले सागमा उत्कृष्ट पदर्शन गर्दै रजत पदक हात पार्न सफल भएको हो । यस अघि १२ औं सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान हासिल गरेको थियो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो ।

भारतकै गुहावटीमा भएको १२ औं संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो । १२ औं संस्करणबाटै महिला ह्याण्डबल खेलले प्रवेश पाएको थियो । स्वर्ण विजेता भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन् । सोनिकाले टोलीका लागि ११ गोल गरिन् । निधि शर्माले टोलिका लागि ८ गोल थपिन् । कीपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १-१ गोल जोडे ।

यता, घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन् । कबिता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन् । निषा राई र उमा राईले समान ३-३ गोल थपे । रञ्जना राईले २ गोलको योगदान दिइन् । कबिता राई र र शान्तिकला राईले समान १-१ गोल थपे ।

बंगलादेशलाई कास्य

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बंगलादेशले कास्य पदक जितेको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा आइतबार विहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तामाथि ३१–१५ गोलको नतिजा निकाल्दै बंगलादेशले कास्य पदक जितेको हो ।

भरतको गुहावटीमा भएको १२ औं सागको उपविजेता बंगलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । १२ औं सागमा पाकिस्तान कास्य पदक बिजेता हो । प्हिलो हाफमा १७–५ ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो ।
¬

पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोल गर्दै पाकिस्तानले सागमा दोस्रो स्वर्ण जितेको हो । भारतले भने उपविजेता बन्दै रजत पदक जितेको छ ।

बंगलादेशमा भएको ११ औं सागबाट समावेश भएको ह्याण्डबलमा पाकिस्तानले पुरुषतर्फको पहिलो स्वर्ण जितेको थियो । भारतकै गुहावटीमा भएको १२ औं सागमा भने भारतले स्वर्ण जितेको थियो । पाकिस्तान उपविजेता बन्दै रजत पदकमा सीमित बनेको थियो ।
विजेता पाकिस्तानका लागि मोहम्मद मुजामल हुसेनले सर्वाधिक ६ गोलको योगदान दिए । हजरत हुसेनले टोलीका लागि ५ गोल थपे । इमरान खानले टोलीका लागि ४ गोल जोडे ।

असिम सइद र मोहम्मद जुबेरले समान ३÷३ गोलको योगदान गरे । नासिर हुसेन र मोहम्मद सहिद बसिरले समान २÷२ गोलको थपे । नामिद उर रहमान र असिफ हायातले समान १÷१ गोल गरे ।
भारतका नविन सिंहले सर्वाधिक ८ गोलको योगदान दिए । दिपक अहलावत, अंकित र रमेश चन्दले समान ५÷५ गोल जोडे । दिनेशले टोलीका लागि ४ गोल जोडे । करमजित सिंह र ह्याप्पीले टोलीका लागि समान १÷१ गोल थपे ।

पुरुष ह्याण्डबलमा श्रीलंकालाई कास्य पदक

१३ औं साग खेलकुद अन्तर्गत पुरुष ह्याण्डबल तर्फ श्रीलंकाले कास्य पदक जितेको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा भएको पुरुष ह्याण्डबलतर्फको तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले बंगलादेशमाथि २६–२३ गोलको नतिजा निकाल्दै कास्य पदक जितेको हो ।

प्रतिस्पर्धात्मक खेलमा खेलको ६ मिनेटमा नवरथ्ना मुदियान्सेलागेले श्रीलंकाको लागि गोलको खाता खोलेको थिए । बंगलादेशका लागि भने ताजु हसनले खेलको आठौं मिनेटमा गोलको खाता खेलेका थिए ।

शुरुदेखि नै अग्रता बनाएको श्रीलंकाले पहिलो हाफमा १२–११ गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा श्रीलंकाले १४ गोल थप्न सफल बन्यो । त्यस्तै, बंगलादेशले १२ गोल थप्न सफल रह्यो ।

श्रीलंकाको तर्फबाट नवरथ्ना मुदियान्सेलागे र प्रभात माडुसले सर्वाधिक ५÷५ गोल गरे । बंगलादेशको तर्फबाट भने अवाल रुबोलले सर्वाधिक ५ गोलको योगदान गरे ।

कमेन्टहरु
Loading...