महिला फुटबलमा नेपाल रजतमा सिमित

पोखरा, २४ मंसिर/ १३ औ दक्षिण एसियाली खेलकुद अन्तरगत पोखरामा भएको महिला फुटबलमा नेपाल रजतमा सिमिति भएको छ । स्वर्ण पदकका लागि पोखरा रंगशालामा भएको फाईनलमा नेपालले भारत सगँ खेल २–० गोलले खेल गुमाउन पुगेको छ ।

चीर प्रतिद्वन्दी भारतले महिला फुटबलमा स्वर्ण पदक जितेको छ । भारतको जीतमा एनजी बालादेविले दुई गोल गरिन् । खेलको १८ औं मिनेटमा नेपालकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई बिट गर्दै उनले गोल गरेकी हुन् ।

भारतकी गोल रक्षक अदिती चौहानले प्रहार गरेको बललाई नियन्त्रणमा लिन असफल भएकी सुब्बालाई बिट गर्दै उनले गोल गरेकी हुन् ।

भारतका लागि दोस्रो गोल ७५ औं मिनेटमा सम्भव भएको हो । नेपाली डिफेण्डरलाई छक्काउँदै उनले गोल गरिन् । महिला फुटबलको ईतिहासमा नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।

समुह ए को विजेता बन्दै भारत र समुह बी को उपविजेता भन्दै नेपाल फाईनलमा प्रवेश गरेका हुन् । खेल गुमाएसँगै नेपालले रजत पदकमा चित्त बुझाएको छ भने माल्दिभसले कास्य पदक जितेको छ ।

कमेन्टहरु
Loading...