महिला क्रिकेट सोमबारदेखि, नेपाल र माल्दिभ्स खेल्र्दै

पोखरा, १५ मंसिर / १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा सोमबारदेखि महिला क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपालका लागि माल्दिभ्स विरुद्धको खेल समुहमा सबैभन्दा सहज खेल हुन सक्ने अनुमान लगाइएको छ ।

नेपाली टोलीका प्रशिक्षक जगतबहादुर टमटाले माल्दिभ्ससंग अहिले सम्म एक खेल पनि नखेलेको बताए । ‘तर उनीहरुको बडिल्याङ्वेज हेर्दा हामीलाई सजिलो होला जस्तो लागेको छ’–उनले भने । माल्दिभ्सको टोलिले आइतबार पोखरा रंगशालामा अभ्यास गरेको थियो ।

सागमा भाग लिन आयोजक नेपाल सहित माल्दिभ्स, श्रीलंका र बंगलादेशका टोली पोखरा आइपुगेका छन् । बंगलादेश र श्रीलंकाका खेलाडीहरुले आइतबार दिउँसो नदीपुरस्थित प्रदेश सभा भवन पछाडीको क्रिकेट मैदानमा अभ्यास गरेका थिए ।

पोखरामा पहिलो पटक हुन लागेको साग महिला क्रिकेट प्रतियोगिता सफल पार्न स्थानिय समितिले पनि भरपुर कोशिष गरेको छ । ‘महिला क्रिकेट पोखरामा आयोजना गर्न पाउनु हामी पोखेलीहरुका लागि पनि सौभाग्यकै कुरा हो’ नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतमले भने । यसलाई सभ्य सफल पार्न पोखरेलीको तर्फबाट पनि सक्दो प्रयास गरिनुपर्नेमा उनले जोड दिए ।

प्रतियोगिताका आवश्यक तयारी पुरा भएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । १ हजार दर्शक क्षमताको अस्थाई प्यारापिट तयार पारिएको उनले जानकारी दिए । त्यसैगरि खेलाडीहरुका लागि चेन्जिङ्ग रुम, मिडिया, हेल्थ डेस्क, खेलाडी तथा अफिसियलका लागि रिफ्रेसमेण्ट बक्स लगायत तयार भइसकेका छन् । मैदानभित्र चारवटा पिच बनाइएका छन् ।

संघिय मामिला तथा योजना मन्त्रि किरण गुरुङ्गले भोलि बिहान ११ प्रतियोगिताको उद्घाटन गर्नेछन् । प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेश भिडनेछन् । बुधबार हुने दुई खेलमा बंगलादेश र नेपाल तथा श्रीलंका र माल्दिभ्स आमने सामने हुनेछन् । त्यस्तै शुक्रबार नेपालले श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगमा शिर्षस्थान दुई टिम गोल्ड मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् भने लिगमा पुच्छरका दुई टिम कास्य पदकका लागि भिड्नेछन् ।

कमेन्टहरु
Loading...