महिला क्रिकेटमा नेपाल १० विकेटले विजयी

मंसिर १६,पोखरा /१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकालेको हो ।

टस जितेर ब्याटिङ्ग रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोश्रो र तेश्रो, १५ रनमा चौंथो, पाँचौं, छैठौं र सातौं तथा १६ रनमा बाँकि विकेट गुमाएको थियो । माल्दिभ्सको पारीमा हम्जा नियाजले ९ तथा हाफ्सा अब्दुल्लाले ४ रन जोडिन् । बाँकि सबै खेलाडी शुन्यमै आउट भए ।

नेपालले अतिरिक्त ३ रन दिएको थियो । जितका लागि १७ रनको लक्ष्य सहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार ग¥यो । मात्रै ५ बलको सामना गरेकी काजल श्रेष्ठले ३ चौका प्रहार गर्दै अविजित १३ रन जोडिन । पाँच बल फालेकी माल्दिभ्सका बलर समा अलिले ४ अतिरिक्त रन दिएपछि नन्स्ट्राइकमा रहेकी सीता मगरले एक बलपनि सामना गर्न परेन ।

२.१ ओभरमा २ मेडन सहित विना रन ६ विकेट लिएकी अञ्जली चन्द उमन अफ द म्याच भइन् । करुणा भण्डारीले २ ओभरमा २ विकेट लिइन् । उनले १ मेडन राख्दै ४ रन खर्चिएकी थिइन् ।
जित पछि नेपाली टिमका कप्तान रुबिना क्षेत्री बेलबासीले प्रतियोगितामा राम्रो शुरुवात गर्न सकेकोमा खुसि व्यक्त गरिन् । साथै यहि प्रतियोगिताका लागि आफुहरुले लामो समयदेखि मेहेनत गरेको बताउँदै नेपाली महिला क्रिकेट टिमले केहि गरि देखाउने अवसरका रुपमा यो प्रतियोगितालाई लिएको उनले बताइन् ।

माल्दिभ्सका कप्तान जुना मारियाले नेपाल बलियो टिम भएको बताइन् । पहिलो अन्र्तराष्ट्रिय खेल भएका कारण उत्कृष्ट प्रर्दशन गर्न नसकेपनि अनुभव बटुल्ने अवसर पाएको उनले बताइन् । प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेशविच प्रतिस्पर्धा हुनेछ ।

यसअघि नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषि गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि किरण गुरुङ्गले दुवै टोलीका खेलाडीसंग हात मिलाउँदै शुभकामना दिएका थिए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजु लगायतले खेलाडी क्रिकेटका बारेमा बोलेका थिए ।

एकै खेलमा चार कीर्तिमान

माल्दिभ्स विरुद्धको पहिलो खेलमा नेपालले चारवटा नयाँ कीर्तिमान बनाएको छ । नेपाली बलर अञ्जली चन्दले दुई ओभरमा एक रन पनि नदिई ६ विकेट लिएकी छन् । यो टी–ट्वान्टीमा कीर्तिमान भएको नेपाली प्रशिक्षक जगतबहादुर टमटाले दावी गरे । त्यस्तै माल्दिभ्सका ९ खेलाडी शुन्य रनमै आउट भएकोपनि अर्को कीर्तिमान भएको टमटा बताउँछन् । १६ रनमा अलआउट गर्नु अर्को कीर्तिमान हो भने मात्रै ५ बलमा जित हाँसिल गर्नुपनि अर्को कीर्तिमान भएको टमटाको दावी छ ।

कमेन्टहरु
Loading...