भालेकानोमाथि रियल मड्रिडको जित : बार्सिलोनासँगको अंक दूरी २ मा झर्‍यो !

काठमाडौं, मंसिर ३०
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले कठिन जित निकालेको छ । गत राति भएको लिगको १६औं खेलमा उसले आफ्नो घरेलु मैदानमा रायो भालेकानोमाथि १– ० को जित निकालेको हो ।

पछिल्लो समय गोलको खडेरीबाट गुज्रिरहेको रियलले आफ्नो घरमा तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध धेरै गोल गर्न सकेन । उसका लागि फ्रेन्च खेलाडी करिम बेन्जिमाले गरेको १ मात्र गोल जितका लागि निर्णायक बन्यो ।

बेन्जिमाले खेलको १३औं मिनेटमा भालेकानोविरुद्ध गोल गरेका थिए । उनले आफैंले क्रस दिएको पासमा पुनः लुकास भासक्वेजले अन्तिम क्रस दिएको पासमा विपक्षी गोलकिपरलाई बिट गर्दै आकर्षक गोल गरेका थिए ।

त्यसपछि पहिलोमा हाफको बाँकी समय र दोस्रो हाफमा पनि दुवै पक्षबाट कुनै गोल भएन । र, खेल रियलले १–० ले जित्यो ।

त्यसअघि खेलमा रियल र भालेकानो दुवैले पटक–पकट गोलका लागि अवसर पाएका थिए । रियलका खेलाडीले केही राम्रा अवसर खेर फालेका थिए ।

यो जितपछि रियलल १६ खेलाट २९ अंक जोडेर लिगको तेस्रो स्थानमा चढेको छ । उसले एक खेल कम खेलेको सेभिल्लालाई १ अंकले पछि पारेर तेस्रो स्थान लिएको हो ।

यससँगै रियलले शीर्ष टोली बार्सिलोनासँको अंक दूरी पनि २ मा झारेको छ । एथ्लेटिको मड्रिडसँग पनि उसको अंक दूरी २ नै छ । तर, बार्सिलोना र सेभिल्लाले एक खेल कम खेलेका छन् । उनीहरूको खल आज हुँदैछ ।

यता, पराजित भालेकानो भने १६ खेलपछि मात्र १० अंक लिएर लिगको १९औं स्थानमा बसेको छ ।

कमेन्टहरु
Loading...