भारोत्तोलनमा नेपाललाई थप १ रजत र १ कास्य

पोखरा, २२ मंसिर/ १३ औं साग भारोत्तोलनअन्तर्गत नेपालले पदक तालिकामा थप १ रजत र १ कास्य थप्न सफल भएको छ । चारदिनसम्म पोखरामा चलेको सो प्रतियोगिताको अन्तिम दिन आइतबार नेपालका लागि सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जित्न सफल भएका हुन् ।

यस्तै, १०९ प्लस तौल पुरुष १०९ तौल समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गरेका हुन् ।
नेपालका लागि रजत जितेका सागरले राष्टिय रेकर्ड सहित रजत जितेका हुन् । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाएका हुन् । यसअघि सागको छनोट चरणमा आफ्नो नाममा तीनै विधाको रेकर्ड १३ औं सागमा उनले भंग गरेको जानकारी नेपाल भारोत्तोलन संघका प्रवक्ता रुकेश तण्डुकारले जनाए ।

प्रतियोगितामा बंगलादेशका खेलाडी मोहम्मद अब्दुल्लाह अई मुमिनले कास्यमा चित्त बुझाए । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाएका हुन् ।
आइतबार नै भएको १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाएका हुन् । सो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो ।

यस्तै, श्रीलंकन खेलाडी डब्लु पी यु चरुकाले रजत जितेका हुन् । उनले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३२० भार बहन गर्दा नेपालका लागि पुकारले कुल २७५ तौल उठाए । उनले स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ भार बहन गरेका हुन् । नेपालका लागि रजत र कास्य जित्ने दुवै खेलाडीले समान २७५ तौल उठाएका हुन् । पुकारको लागि स्न्याच विधामा राष्टिय रेकर्ड हो । सो स्पर्धामा बंगलादेशका खेलाडी चौथो भए ।

२० स्वर्ण सहित कुल ६० पदकको लागि महिला तथा पुरुषतर्फ दश दश वेट क्याटागोरीमा भएको खेलमा नेपालले कुल १६ क्याटागोरीमा भाग लिएको थियो । सबै इभेन्टमा नेपालले पदकविहीन हुनुपरेन । यसरी साग भारोत्तोलनमा नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य पदक जित्दै यात्राको सुखद अन्त्य गरेको छ ।

कमेन्टहरु
Loading...