ब्याडमिन्टनको टिम इभेन्टमा नेपाललाई कास्य

पोखरा, १७ मंसिर / १३ औं दक्षिण एसियाली (साग) अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला टिम इभेन्टमा नेपालले कास्य पदकमै रोकिएको छ । आज भएको सेमीफाईलन प्रतिस्पर्धाबाट नेपाल माथि उक्लिन सकेन् । पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा सोमबार भएको खेलमा नेपालका महिला तथा पुरुष दुबै टोली श्रीलंकासँग पराजित भएपछि नेपालले काश्यमा चित्त बुझाएको हो । बिजयी श्रीलंका भने फाइनलमा प्रवेश गरेको छ ।

श्रीलंकाले पुरुषतर्फ नेपाललाई ३–१ को सेटमा तथा महिलातर्फ ३–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पुरुषतर्फको खेलमा नेपालका रत्नजित तामाङ श्रीलंकाका निशान पेर करुनारत्नेसँग सोझो सेटमा पराजित भए । करुणारत्नेले रञ्जितलाई २२–२० र २१–९ को सेटमा पराजित गरे ।

त्यस्तै नेपालका दीपेश धामी श्रीलंकाका सचिन प्रेमाशन अन्गोडा भिडानेजसँग २४–२२, १८ –२१ र १६ –२१ सेटमा पराजित भए । यसैगरी अर्को खेलमा रञ्जित तामाङ र दीपेश धामीको समूह थरिन्डु डि डुम्बुकोला गुनाथिलाके र सचिन प्रेमासन अन्गोडा भिडानेजसँग ११–२१ र १५–२१ को सोझो सेटमा पराजित भए ।

नेपालका लागि भने प्रिन्स दाहालले सान्त्वना जित निकाले । प्रिन्सले श्रीलंकाका रन्थुस्का ससिन्डु करुणाथिलाकेलाई २१–१८, १९–२१ र २१–१९ को सेटमा पराजित गरेपनि नेपाललाई फाइनलमा पु¥याउन असमर्थ रहे ।

पाकिस्तानलाई हराउँदै भारत ब्याडमिन्टन प्रतियोगिता तर्फको पुरुष टीम इभेन्टमा फाइनलमा प्रवेश गरेको छ । भारतले पाकिस्तानलाई सोझो सेटमा पराजित गर्दै श्रीलंकासँगको उपाधि भिडन्त पक्का गरेको हो । अब स्वर्ण पदकका लागि भारतले श्रीलंकासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

भारतका श्री साइ सिरिल वर्मा अल्लुरीले पाकिस्तानका अवेइस जाहिदलाई २१–७, २१–७ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा भारतका कृष्णप्रसाद गरंगाले पाकिस्तानका अलि मुरादलाई २१–१९ र २१–१८ र तेश्रो खेलमा भारतका अरुण जर्जले पाकिस्तानका राजा मोहम्मद हुसेनलाई २१–१२ र २१–१२ को सेटमा पराजित गरे ।

महिलातर्फको सेमीफाइनल खेलमा नेपालकी नङ्शाल तामाङ श्रीलंकाकी थिलिनी प्रोमाडिकासँग २–२१ र १६–२१ को सोझो सेटमा, अनुमाया राई डिल्मी प्रेम्सीकासँग ८–२१ र ८–२१ को सेटमा तथा सिमा राजवंशी अचिनी निमलेशीका रथनासिरीसँग १२ –२१ र ८–२१ को सेटमा पराजित हुँदै परिणाम सुम्पिए । बिजयी श्रीलंका फाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै आजै भएको अर्को सेमीफाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । भारतकी साइ उत्तेजिथा रावले पाकिस्तानकी महुर शाहजादलाई २१–१२ र २१–१८, गायत्री गोपीचन्दले पल्वाशा बशीरले २१–१४ र २१–११ तथा स्रियंशी प्रदेशीले गजला सिद्धिकीलाई २१–१४ र २१–१२ को सेटमा पराजित गरे ।

कमेन्टहरु
Loading...