बार्सिलोनाले रियल मड्रिडका पूर्वखेलाडी पेपे भित्र्याउने चर्चा : मेस्सी असन्तुष्ट

एजेन्सी, पुस ५
स्पेनिस बार्सिलोना क्लबले रियल मड्रिडका पूर्वडिफेन्डर पोर्चुगिज पेपेलाई भित्र्याउने एकाएक चर्चामा आयो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार बार्सिलोना पेपे भित्र्याएर रक्षापंक्ति बलियो बनाउने योजनामा देखिएको थियो ।

तर, टोलीका कप्तान लिओनल मेस्सीले पेपेलाई भित्र्याउने कुरामा असहमति जनाएपछि बार्सिलोना आफ्नो कट्टर प्रतिस्पर्धी रियलका पूर्वखेलाडी भित्र्याउने योजनाबाट पछि हटेको छ । मिडिया रिपोर्टअनुसार बार्सिलोनाले पेपे भित्र्याउने तयारी थाल्दा मेस्सी भने त्यसो विपक्षमा देखिए ।

अन्ततः ड्रेसिङ रुममा समस्या हुन सक्ने देखेपछि बार्सिलोना पेपे भित्र्याउने दौडबाट पछि हट्यो ।

२ वर्षअघि रियल मड्रिड छाडेर टर्किस क्लब बेसिकटास पुगेका पेपेलाई हालसालै उनको क्लबले रिलिज गरिदिएको छ । उसले पेपेसँग सम्झौता नगर्ने र उनी फ्रि ट्रान्सफरमा जहाँ पनि जान सक्ने भन्दै बाटो खुला गरिदिएपछि पेपेका लागि बार्सिलोनाले चासो दिएको थियो । बार्सिलोनाकै अधिकारीले पनि मिडियासँग बोल्दै यसको संकेत दिएका थिए ।

तर, ‘फक्स’ मा प्रकाशित समाचारअनुसार पेपे भित्र्याउने कुरामा मेस्सीले अनिच्छा देखाएका थिए । विगतमा रियल मड्रिडबाट खेल्दा मेस्सी र पेपे बीच पटक–पटक मैदानमा असमझदारी द्वन्द्व देखिएको थियो । त्यसै पनि बार्सिलोनाका थुप्रै खेलाडीसँग पेपेको सम्बन्ध राम्रो छैन ।

अर्कातिर उमरेका हिसाबले पनि पेपे यतिबेला ३५ वर्षका भए । बढ्दो उमरेले गर्दा पनि पेपेलाई ठूला क्लबले उति चासो नदिएको बताइन्छ ।

पछिल्ला रिपोर्टअनुसार पेपे भित्र्याउन इंग्लिस क्लब उल्भसले तयारी थालेको छ । रियल मड्रिडमा छँदा पेपे रक्षापंक्तिका सबैभन्दा प्रमुख हतियार थिए । उनी मैदानमा झगडालु र रिसाहा खेलाडीका रूपमा चिनिन्थे ।

कमेन्टहरु
Loading...