बंगलादेश सँग नेपाल १० विकेटले पराजित

पोखरा, १८ मंसिर / माल्दिभ्सलाई १० विकेटले पराजित गरेको नेपालले बुधबार उस्तै नजितामा बंगलादेशसँग पराजित भएको छ । नेपाल टेष्ट राष्ट्र बंगलादेशसँग बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा १० विकेटले पराजित भयो । पराजयसँगै स्वर्ण पदकको अपेक्षा गरेको नेपालको सम्भावनामा ठेस लागेको छ ।

१३ औं दक्षिण एसियाली खेलकूद (साग)को महिला टी २० क्रिकेटमा नेपाल पराजित भएको छ । दोस्रो खेलमा नेपाल टेस्ट मान्याता प्रप्त देश बंगलादेशसंग १० विकेटले पराजित भएको हो । पहिलो व्याटिङ गरेको नेपाल बंगलादेश विरुद्ध ५० रनमै समेटिएको थियो । १९.२ ओभर ब्याटिङ गर्दा नेपालले १० विकेट गुमाएको थियो ।

बंगलादेशको बलियो बलिङ र चुस्त फिल्डिङ सामु नेपाली महिला निरीह देखिए । कप्तान रुविना क्षत्रीले सर्वाधिक १३ रनको योगदान दिदाँ सोनु खड्काले १२ रन बनाईन् । रबाया खानले सर्वाधिक ४ विकेट लिईन् । उनले ४ ओभरमा दुई मेडन राख्दै ८ रन दिएर ४ विकेट लिएकी हुन् ।

५१ रनको लक्ष्य सहित ब्याटिङमा आएको बंगलादेशले ७.४ ओभरमा लक्ष्य भेटट्यायो । बंगलादेशले विना विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । खेल राउण्ड रोविनमा हुने छ ।

कमेन्टहरु
Loading...