बंगलादेशले नेपाल सामु १५६ रनको लक्ष्य

काठमाडौं, २१ मंसिर/ १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा बंगलादेशले नेपाल सामु १५६ रनको लक्ष्य दिएको छ ।

बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो । बंगलादेशले कप्तान होसिन सान्तोलले ६० ७५ रन बनाए । अफिफ हुसेनले आक्रामक पारी खेल्दै २८ बलमा ५२ रन बनाए ।

नेपालका लागि पारस खड्काले ३ विकेट लिए भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । अभिनास बोहोराले एक विकेट लिए । नेपाललाई फाइन प्रबेशका लागि जिते आवश्यक छ ।

कमेन्टहरु
Loading...