पोखरामा नयाँ बनेको फुटबल मैदानमा फुटबल हेर्न रकम तोकियो

पोखरा, ९ मंसिर /पोखरा रंगशालामा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का खेल हेर्नको लागि प्रवेश शुल्क तय गरिएको छ । सागको लागि साधारण टिकटका लागि १ सय रुपैयाँ र सिजनल टिकट ५ सय रुपैयाँ तोकिएको छ । स्थानीय साग व्यवस्थापनअन्तर्गत स्रोत साधन परिचालन समितिले सोमबार टिकटको शुल्क निर्धारण गरेको हो । ।

साधारण र सिजनल टिकट लिएरै पोखरा रंगशाला परिसरभित्र छिर्ने अवसर दर्शकले पाउने छन् । अन्यथा टिकट विना टिकट साग खेल हेर्नबाट नपाउने समितिका संयोजक सञ्जिबबहादुर कोईरालाले जानकारी दिए । पोखरा रंगशालाभित्र ६ खेल हुने छ । महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्याण्डबल र व्याडमिन्टन हुने छ ।

भारोत्तोलन पोखरा–११ माटेपानीस्थित एसआरकेसी पार्टीप्यालेसमा, विच भलिबल र ट्रायथोलन लेकसाईडमा आयोजना हुने छ । ट्रायथोलन बाहेक अन्य सबै खेलमा दर्शकले टिकट लिएपछि मात्रै प्रवेश पाउने कडाई गरिएको उनलेब बताए । महिला फुटबलको फाईनलको लागि भने २ सय रुपैयाँ तोकिएको छ । ‘सुरक्षाको दृष्टिकोणले पनि टिकटको व्यवस्था गरेको उनले बताए ।

महिला फुटबलको लागि अहिले झण्डै ८ देखि १० हजार सिट क्षमता मात्रै जडान गरिने छ । व्याडमिन्टन हलमा झण्डै ४ सय दर्शक अटाउने क्षमताको हुने समितिका संयोजक कोईरालाले सुनाए । भारोत्तोलन आयोजनास्थल पार्टीप्यालेसमा ६ सय दर्शक अटाउने जनाइएको छ । ‘सिजनल ५ हजार प्रति र साधारण १५ हजार प्रति टिकट विक्री गर्ने योजना रहेको उनले बताए ।

टिकटबाट संकलित रकमलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको निर्देशनमा खर्च गरिने उनको भनाई थियो । विच भलिबलको लागि ५ सय दर्शक क्षमताको प्यारापिट बनाईने कास्की जिल्ला भलिबल संघका अध्यक्ष एवं विच भलिबल निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए । पोखरा रंगशालाभित्र पुर्वाधारसँगै व्युटिफिकेशनको काम भईरहेको छ । मंसिर १५ देखि २४ गतेसम्म विभिन्न खेलस्थलमा खेल सञ्चालन हुने छ ।

कमेन्टहरु
Loading...